चैत्र ९, २०८२ सोमबार | १२:१३:२४
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

फाइनल प्रवेशका लागि किर्गिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा सोमबार किर्गिस्तानको सामना गर्दैछ ।

नेपाल र किर्गिस्तानबीचको दोस्रो सेमिफाइनल नेपाली समय अनुसार राति ९ः १५ बजे सुरु हुनेछ।

लिग चरणमा किर्गिस्तान सात अंक जोडेर दोस्रो र नेपाल तीन अंकका साथ तेस्रो स्थानमा रहेका थिए । नेपालले श्रीलंकासँग ३-१ र किर्गिस्तानसँग ३-० को हार ब्यहोर्दा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो ।

यता किर्गिस्तानले माल्दिभ्सलाई ३-० ले हराउँदा श्रीलंकासँग ३-२ सेटको पराजय ब्यहोरेको थियो ।

नेपालाई लिग चरणमा ब्यहोरेको हारको बदला लिँदै फाइनल पुग्ने अवसर छ ।

यसैगरी नेपाली समयअनुसार दिउँसो ४ः४५ मा सुरु हुने पहिलो सेमिफाइनमा शीर्ष स्थानको‌ श्रीलंका र पुछारको माल्दिभ्स भिड्ने छन् ।

लिग चरणमा शतप्रतिश जितका साथ श्रीलंकाले आठ अंक जोड्दा तीनै खेलमा हार ब्यहोरेको माल्दिभ्स अंकविहिन रह्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो