काठमाडौं। काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।
माल्दिभ्सको मालेमा सोमबार नेपालले खेल १४-२५, २२-२५, १३-२५ ले गुमायो ।
लिग चरणबाट किर्गिस्तानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेका थिए । लिग चरणमा पनि नेपाल किर्गिस्तानसँग ३-० कै सेटमा पराजित भएको थियो ।
अब नेपालले तेस्रो स्थानका लागि माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा किर्गिस्तान र श्रीलंका भिड्ने छन् ।
पहिलो सेमिफाइनलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
