अपहिल दौड

नरेन्द्र र पूर्णलक्ष्मी च्याम्पियन

नरेन्द्रसिंह रावत

काठमाडौं । नेपाल आर्मीका नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुला अपहिल दौडको च्याम्पियन बनेका छन् । नरेन्द्रले पुरुष तथा पूर्ण लक्ष्मीले महिलातर्फको उपाधि जिते ।

नरेन्द्रले २१ किलोमिटर दुरी पार गर्न १ घण्टा १९ मिनेट ५१ सेकेन्ड लगाए । यसैगरी दोस्रो तथा तेस्रो स्थानमा पनि आर्मीकै धावक रहे ।

करण रावलले १ घण्टा २१ मिनेट ५५ सेकेन्डका साथ दोस्रो र सुशिलकुमार शाहीले १ घण्टा २४ मिनेट ४६ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । सोलुखुम्बुका अर्जुनकुलुङ राई चौथो तथा आर्मीका गोपाल तामाङ पाँचौं स्थानमा रहे ।

 पूर्णलक्ष्मी न्यौपाने 

यसैगरी पूर्णलक्ष्मीले १ घण्टा ४७ मिनेटमा दौड पूरा गरिन् । आर्मीकै निर्मला केसीले १ घण्टा ५० मिनेटका साथ दोस्रो र खेटाङकी प्रिया राईले १ घण्टा ५१ मिनेट ०८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । नेपाल प्रहरीकी लाक्पानिमा शेर्पा चौथो तथा ओखलढुंगाकी छोकी शेर्पा पाँचौं भए ।

दुवैतर्फका शीष पाँचले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क,चन्द्रागिरीको मत्क्षेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिएकको थियो । दौडको रुटमा सहभागीले करिब ३ हजार फिट उचाई तय गरे । ।

नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा भएको दौडमा २६५ खेलाडीले सहभागिता जनाएका थिए ।