फाल्गुन ५, २०८२ मंगलबार | ०९:०८:०८
१२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस

मिलन तामाङले जिते मुख्य स्पर्धा

काठमाडौं । नेपालका मिलन तामाङ बूढानीलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा जित निकालेका छन् । 

बूढानीलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा भएको पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोश्रो राउन्डमा नकआउट गरे । मिलनले १ हजार र असादाले ९०० अमेरिकी डलर प्राप्त गरे ।

गोल्फुटारमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले नेपालकै कुञ्जन घिमिरेलाई हराए । ५४ केजीमा नेपालका पुरनजित राईले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई निरास बनाए ।

पुरुष ७० केजीमा नेपालका महेन्द्र गजमेरले नेपालकै रोनिश सुब्बाको चुनैतीलाई पन्छाए ।

नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोग तथा गलाक लाइफ स्टायलको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपालका गुमन घर्ती मगरले जित निकाले । उनले भारतका बरेम्रोन डेनियललार्य हराए । पुरुष ६० केजीको अर्को नेपालका गौतम थिङले भारतका याइमा लाईककोमाथि जित निकाल्दै उपाधि हात पारे । ६७ केजीमा नेपालका सन्तोष खत्रीले भारतका असेम तोन्डोन्बालाई पराजित गरे ।

बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको महिला ६० केजीमा नेपालकी सारिका धमला तथा ५१ केजीमा नेपालकै सुस्मिता थापा विजयी भए । सारिकाले  जेनिस्ता निन्गोम्बम तथा सुस्मिताले गीता नर्जिनारीलाई हराए। दुवै भारतीय खेलाडी हुन् ।

९ स्पर्धा समावेश प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक स्पर्धामा दुई खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो । बाँकी आठ स्पर्धाका विजेता र उपविजेताले पनि नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, बूढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक खेलकुद समितिका अध्यक्ष निलम अधिकारीलगायतले  पुरस्कृत गरे । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL