चैत्र ८, २०८२ आइतबार | १३:३५:०८
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

प्रतियोगिताका पदक विजेतालगायत ।

काठमाडौं । आठौ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा खुला महिलातर्फ खुसी विक, खुला पुरुषतर्फ गजेन्द्र बर्देवा र जुनियर पुरुषतर्फ अभिषेक परियारले उपाधि जितेका छन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डसंघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको महिलातर्फ लेमन मगर दोस्रो र समीक्षा राई तेस्रो स्थानमा रहे ।

यसैगरी पुरुषतर्फ शरद राई उपविजेता बन्दा बसन्त राईले तेस्रो स्थान हासिल गरे । जुनियरतर्फ अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो भए ।

खुलातर्फका शीर्ष तीनले क्रमशः २५, २० र १५ हजार रुपैयाँ प्राप्त गरे । जुनियरतर्फ विजेताले १०, उपविजेताले ५ र तेस्रो हुनेले ३ हजार रुपैयाँ हात पारे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाल, संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे ।

शुक्रबार सम्पन्न छनोट चरणबाट प्रत्येक समूहका १६ जना फाइनल चरणका लागि छानिएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो