काठमाडौं । नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ एसोसिएसन (एनएसएसए) को आयोजनामा आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते ( शुक्रबार र शनिबार) हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएसएका अध्यक्ष अच्युत खनालले प्रतियोगितामा फ्रिस्टाइल विधा अन्तर्गत उत्कृष्ट ट्रिक र उत्कृष्ट दौड विधा समावेश गरिएको जानकारी दिए । प्रतियोगितामा २५० पुरुष र १५० महिला गरि ४०० स्केटरले प्रतिस्पर्धा गर्ने अपेक्षा आयोजकको छ ।
टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । छनोट प्रतियोगिता शुक्रबार तथा मुख्य प्रतियोगिता शनिबार हुनेछ।
पुरुष तथा महिला दुवै विधाका शीर्ष तीनले २५ , २० र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
