चैत्र १८, २०८२ बुधबार | १५:३३:१७
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

काठमाडौं । तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपमा शुक्रबार २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो नतिजासँगै समूह ‘डी’ मा तारकेश्वरले दुई खेलमा दुई अंक जाेडेकाे छ । पहिलो खेल खेलको कीर्तिपुरको एक अंक छ ।

प्रतियोगितामा तारकेश्वरको यो लगातार दोस्रो बराबरी हो । यसअघि तारकेश्वरले केन्ज्योसोम गाउँपालिकासँग १-१ को बराबरी खेलेको थियो ।

गोदावरी-१० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा तारकेश्वरका लागि दुवै गोल रविन चौलागाईँले गरे । कीर्तिपुरका लागि सन्जोग महर्जन र सुगम भण्डारीले गोल गरे ।

खेलको १८औं मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएकाे थियो । ४०औं मिनेटमा रविनले तारकेश्वरका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको इन्जुरी सामयमा रविनले व्यक्तिगत दोस्रो गोल गर्दा तारकेश्वर २-१ ले अगाडि बढ्यो । दोस्रो हाफको सुरुआतमै सुगमले खेललाई २-२ को स्थितिमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । अब कीर्तिपुर र कन्ज्योसोमबीचको खेलले यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लगाउने छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो