चैत्र १०, २०८२ मंगलबार | ०३:५५:०७
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक

काठमाडौं । एडभेन्चर राइडिङमा अग्रणी ब्राण्ड रोयल इन्फिल्डले क्लासिक ३५० पाँच नयाँ भेरियन्ट नेपालमा बिहीबार सार्वजनिक गरेको छ । 

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक प्रतिनिधि अल्फा अटोमोटिभले बिहीबार एक कार्यक्रमका बीच नयाँ भेरियन्टका बाइक सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक गरिएका भेरियन्टमा हेरिटिज सिरिज, हेरिटेज प्रिमियम, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम छन् । हेरिटेज सिरिजको मुल्य ५लाख ५५ हजार तोकिएको छ भने हेरिटेज प्रिमियम किन्न ग्राहकले ५ लाख ६६ हजार रुपैयाँ तिर्नुपर्नेछ । 

यसैगरि सिग्नलको ५ लाख ६६ हजार, डार्कको ५ लाख ७३ हजार र क्रोमको ५ लाख ७९ हजार रुपैयाँ मुल्य तोकिएको कम्पनीले जनाएको छ । 

पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको नयाँ बाइक सात रंगमा उपलब्ध हुने र यसको मुल्य ५ लाख ५५ हजार रुपैयाँबाट सुरु हुने अल्फा अटोमोटिभले जनाएको छ । 

कम्पीनका प्रमुख वाणिज्य अधिकृत श्री यदविन्दर सिंह गुलेरियाले नयाँ भेरियन्टका बाइक सार्वजनिक गर्दै नयाँ उत्पादनले रोयल इन्फिल्डलाई आफ्ना उत्पादनमा सुधार र निखार ल्याउन प्रेरित गरेको बताए । ‘नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरिङले यसलाई अझै सुन्दर बनाएको छ । हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास लिएका छौं,’ गुलेरियाले भने । 

भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप बन्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । 

‘यो मोडलले इनफिल्ड स्वरूपको इतिहास र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ । यसले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ । आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिब्लाई थप रोमाञ्चित बनाउने छ,’ अल्फा अटोमोटिभद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो