काठमाडौं । विश्व खेलकुदको सबभन्दा ठूलो कुम्भमेला ग्रीष्मकालीन ओलम्पिकको ३३औं संस्करण फ्रान्सको राजधानी पेरिसमा तामझामका साथ सुरु भइसकेको छ ।
ओलम्पिक इतिहासमै सम्झनलायक उद्घाटन समारोह बनाइने छ । ग्रीष्मकालीन ओलम्पिकको इतिहासमै पहिलो पटक रंगशालाबाहिर उद्घाटन समारोह भएको हो ।
फ्रान्सको सबैभन्दा प्रख्यात सेन नदीमा भएको थियो । हरेक देशका खेलाडी डुंगामा रहेर समारोहमा भाग लिएका थिए । डुंगामा १० औं हजार खेलाडीको सहभागिता थियो । यो कुल ६ किलोमिटरको दूरीमा चलेको थियो ।
विश्व खेलकुदको कुम्भमेलामा बढीभन्दा बढी पदक जित्दै खेलकुदमा मात्र नभई आफ्नो देशको समृद्धि, संस्कार, अर्थतन्त्र, विकासलगायतका राजनीतिक सन्देश दिनका लागि पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका २०६ सदस्य राष्ट्रले आफ्ना स्टार खेलाडीलाई फ्रान्स पठाएका छन् ।
पेरिस ओलम्पिकमा ३२ खेलमा ३ सय २९ स्वर्ण पदकका लागि १० हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
ओलम्पिकमा सहभागिता जनाउनेमध्ये धेरैको ध्यान बढीभन्दा बढी पदक जित्नेमा हुनेछ भने कतिपय देश यहींको सहभागितामार्फत आफ्नो भूराजनीतिक प्रभाव देखाउन चाहन्छन् । अनि कतिपय मुलुकहरू ‘ओलम्पिक अभियानको पात्र बन्ने, भाइचारा वृद्धि गर्ने, सिक्ने’ जस्ता निरीह लक्ष्य लिएर पेरिस पुगेका छन् । नेपालजस्तै गरी ।
सधाझै यसपालिको ओलम्पिक पनि अन्तर्राष्ट्रिय भूराजनीतिका दुई चिरप्रतिद्वन्द्वी अमेरिका र चीनको टक्करवरिपरी घुम्ने सहज अनुमान लगाउन सकिन्छ ।
यहाँ चर्चा गर्न खोजिएको त्यस्ता निरीह कुराको होइन । ‘हामी सक्दैनौं । हामी जित्नका लागि बनेकै होइनौं । हामी त जितको भोक बोकेर आउनेहरूसँग हार्नका लागि मात्र प्रतिस्पर्धामा उत्रने हो । आखिर कसैको जित्ने महत्त्वाकांक्षा पूरा गर्ने औपचारिकताका लागि पनि कसैले त हार्नुपर्छ’ भन्नेहरूको पनि होइन ।
आफ्नो सीप र क्षमताले विश्व हल्लाएका १० हजारभन्दा बढी खेलाडीको उपस्थितिले पेरिसको सडक तातिरहेका बेला खेलकुदमा आफूलाई श्रेष्ठ साबित गरेर विश्वमा आफ्नो देशको समग्र प्रभाव देखाउन आतुर रहेकाको उत्सुकतामाथिको चर्चा पक्कै सान्दर्भिक हुनेछ ।
कस्ले यसपालि सबैभन्दा धेरै स्वर्ण पदक जित्ला त ? अगस्ट ११ सम्म ३३औं ओलम्पिकको समापन भइसक्दा पदक तालिकामा समग्रमा को सबैभन्दा माथि होला ? खेलकुदमार्फत भूराजनीतिक प्रभाव र राष्ट्रिय गौरवको लडाईं कस्ले जित्ला ?
उत्तर धेरै गाह्रो छैन । इतिहासले धेरै कुरा आफै भन्छ । अनि वर्तमानमा विभिन्न देशले खेलकुदलाई दिएको महत्व, गरेको लगानी र तयारीले पनि अनुमान गर्न कठिन हुँदैन । किनकि सधैंझै पेरिस ओलम्पिकमा पनि श्रेष्ठताको होडमा थोरैमात्र देश हुनेछन् । धेरै त हार्नका लागि वा केही पदकको सामान्य उपलब्धिका लागि मात्र पेरिस पुगेका छन् ।
सधाझै यसपालिको ओलम्पिक पनि अन्तर्राष्ट्रिय भूराजनीतिका दुई चिरप्रतिद्वन्द्वी अमेरिका र चीनको टक्करवरिपरी घुम्ने सहज अनुमान लगाउन सकिन्छ ।
कोभिडऔ१९ को महामारीका कारण एक वर्ष ढिलो गरी जापानमा भएको टोकियो ओलम्पिक २०२० मा पनि अमेरिका पहिलो तथा चीन दोस्रो भएको थियो ।
ओलम्पिक खेलकुदका साथै विश्वभरका लिगसमेतको तथ्यांक विश्लेषण गर्ने संस्था नेल्सन्स ग्रासनटको अनुमानअनुसार समग्रमा यसपालि अमेरिकाले बढी पदक जित्ने सम्भावना छ । समग्र पदकको प्रतिस्पर्धामा पछि परे पनि स्वर्ण पदकको मात्र हकमा भने चीनले अमेरिकालाई उछिन्ने सम्भावना बलियो छ ।
विश्वका यी दुई ठूला अर्थतन्त्रसँगै अन्य केही देश पनि छन्, जसले पदकतालिकामा सम्मानजनक नतिजाका साथै भूराजनीतिक प्रभाव र राष्ट्रिय गौरवका लागि पेरिसको मैदानमा प्रतिस्पर्धा गर्नेछन् । जहाँ असाधारण क्षमताका खेलाडीहरू आ-आफ्नो देशको भूराजनीतिक प्रभाव र राष्ट्रिय गौरव प्रस्तुत गर्ने योद्धाका रूपमा प्रतिस्पर्धाका लागि तयार छन् ।
आधुनिक ओलम्पिक इतिहासको सबैभन्दा सफल देश अमेरिकाले समग्रमा ११२ पदक जित्ने अनुमान छ । अमेरिकाले ३९ स्वर्ण, ३२ रजत र ४१ कांस्य पदक जित्न सक्ने आँकलन छ । जबकि चीनले ३४ स्वर्ण, २७ रजत र २५ कांस्यसहित कुल ८६ पदक जित्ने अनुमान नेल्सन्स ग्रासनटले गरेको छ ।
कोभिडऔ१९ को महामारीका कारण एक वर्ष ढिलो गरी जापानमा भएको टोकियो ओलम्पिक २०२० मा पनि अमेरिका पहिलो तथा चीन दोस्रो भएको थियो ।
अमेरिका र चीनले पेरिस ओलम्पिकमा शीर्ष दुई स्थान हासिल गर्ने अनुमान यसै पनि स्वाभाविक छ । पूर्वसोभियत संघको विघटनपछिको इतिहासमा अमेरिका र चीनलाई चुनौती दिन सक्ने एउटै देश रुस थियो । तर पूर्वसोभियत संघको देश रुस भूराजनीतिक कारणले लगातार दोस्रो पटक ओलम्पिकमा उपस्थिति हुने छैन ।
सोभियत संघको संयुक्त टिमले १९९२ को बार्सिलोना ओलम्पिकमा सबैभन्दा धेरै पदक जितेर पहिलो स्थान हासिल गरेको थियो । त्यसपछि सोभियत संघको विघटनसँगै अमेरिका विश्व खेलकुदको एक्लो महारथीका रूपमा अगाडि बढिरहेको छ ।
राज्यले नै डोपिङ प्रवद्र्धन गरेको आरोपमा रियो ओलम्पिकमा केही खेलाडीलाई प्रतिबन्ध लगाइनुका साथै रुसी ओलम्पिक कमिटीलाई आइओसीले चेतावनी दिएको थियो । तर, त्यसमा रुसले सही सम्बोधन नगरेको भन्दै आइओसीले २०१७ मा रुसलाई सबैखाले खेल गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।
दुई वर्षअघि रुस-युक्रेन युद्ध सुरु भएपछि त रुस ओलम्पिकमात्र नभई अरू पनि थुप्रै अन्तर्राष्ट्रिय खेलकुद गतिविधिमा अनुपस्थित रहँदै आएको छ । ओलम्पिक, फिफा र युइएफएलगायतका कतिपय ठूला अन्तर्राष्ट्रिय खेल निकायले रुसलाई युक्रेनमाथि आक्रमण गरेको कारण खेलकुदमा बहिष्कार गर्दै आएका छन् ।
त्यसयता रुसी खेलाडीलाई प्रतियोगितामा सहभागिताको अवसर दिए पनि उनीहरूले रुस ओलम्पिक कमिटीलाई भने प्रतिनिधित्व गर्न पाउँदैनन् ।
तीन वर्षअघि टोकियोमा तीन सयको हाराहारीमा रुसी खेलाडीको चुनौती थियो । तर, उनीहरूले जितेका पदक व्यक्तिगत नाममा मात्र समावेश छन् । यसपालि एक दर्जनको हाराहारीमा मात्र रुसी खेलाडीको सहभागिता हुनेछ ।
सोभियत संघको संयुक्त टिमले १९९२ को बार्सिलोना ओलम्पिकमा सबैभन्दा धेरै पदक जितेर पहिलो स्थान हासिल गरेको थियो । त्यसपछि सोभियत संघको विघटनसँगै अमेरिका विश्व खेलकुदको एक्लो महारथीका रूपमा अगाडि बढिरहेको छ ।
आफैंले आयोजना गरेको एटलान्टा ओलम्पिक १९९६ यताका सबै संस्करणमा अमेरिका पहिलो हुँदै आएको छ । २००८ मा चीनले आयोजना गरेको बेइजिङ ओलम्पिकमा भने समग्र पदकमा अमेरिका माथि भए पनि बढी स्वर्ण पदक जितेको आधारमा चीन पहिलो भएको थियो । त्यो संस्करणमा चीनले ४८ स्वर्ण, २२ रजत र ३० कांस्यसहित कुल एक सय पदक जितेको थियो भने अमेरिकाले ११२ पदक जितेको थियो । तर, ३६ वटामात्र स्वर्ण पदक जितेको अमेरिकाले ३९ रजत र ३७ कांस्य जितेको थियो ।
यसैगरि विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा क्यानाडा, हंगेरी, ब्राजिल, स्पेन, पोल्यान्ड, डेनमार्क, टर्की, न्युजिल्यान्ड, युक्रेन र इथियोपियाको उपस्थिती पनि पदकीय दृष्टिले समेत चर्चायोग्य हुने अनुमान छ ।
खेलकुदमा विगतका प्रदर्शन, नतिजा, वातावरण, तयारीलगायतका विषयमा अध्ययन गरेर तथ्यांकको विश्लेषण गर्ने एजेन्सीहरूको प्रक्षेपणमा पेरिसमा जारी ओलम्पिकमा अमेरिका र चीनपछि बेलायत, आयोजक फ्रान्स, अस्ट्रेलिया, जापान, इटाली, जर्मनी, नेदरल्यान्ड्स र दक्षिण कोरियाले उल्लेख्य पदकका साथ शीर्ष १० भित्र पर्ने अनुमान छ ।
ओलम्पिकमा फ्रान्सको विगत उति गौरवमय नभए पनि यसपालि घरेलु भूमिको फाइदा फ्रान्सेली खेलाडीलाई हुने लख काटिएको छ । तीन वर्षअघि टोकियोमा भएको ओलम्पिकको तुलनामा घरेलु भूमिको फाइदा उठाउँदै फ्रान्सले लगभग तीन गुणा बढी पदक जित्ने अनुमान छ । फ्रान्सले टोकियोमा १० स्वर्ण, १२ रजत र ११ कांस्यसहित कुल ३३ पदक जितेको थियो ।
आफूले आयोजना गर्दा २७ स्वर्ण, १४ रजत र १७ कांस्य सहित कुल ५८ पदक जितेर तेस्रो स्थान हासिल गरेको जापानको उपलब्धिमा यसपाली भने ठूलो गिरावट आउन सक्छ ।
यसैगरि विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा क्यानाडा, हंगेरी, ब्राजिल, स्पेन, पोल्यान्ड, डेनमार्क, टर्की, न्युजिल्यान्ड, युक्रेन र इथियोपियाको उपस्थिती पनि पदकीय दृष्टिले समेत चर्चायोग्य हुने अनुमान छ ।