काठमाडौं । पेरिक ओलम्पिकमा नेपालका स्यान्टु श्रेष्ठ र प्रिन्स दाहालले शनिबार आफ्नो खेल खेल्दैछन् ।
पहिलो चरणमा टेबलटेनिसका स्यान्टुले सेनेगलका इब्राहिम डिएवको सामना गर्नेछन् । यो खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा नेपाली समय अनुसार राति ७ः ३० मा सुरु हुनेछ ।
स्यान्टु दक्षिण एसियाको छनोट पार गर्दै ओलम्पिक पुगेका थिए । सन् १९६४ बाट ओलम्पिकमा भाग लिन सुरु गरेको नेपालका लागि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो खेलाडी हुन् ।
यसअघि संगिना वैधले सन् २००४ को एथेन्स र दीपक विष्टले सन् २००८ को बेइजिङ ओलमिपकमा छनोट चरण पार गरेर सहभागिता जनाएका थिए । दुवै तेक्वान्दोबाट छनोट भएका थिए ।
यसैगरि समूह ‘पी’ मा रहेका ब्याडमिन्टन स्टार प्रिन्सले पहिलो खेलमा विश्व नम्बर दुई डेनमार्कका भिक्टर एक्सेल्सनको सामना गर्नेछन् । यो खेल नेपाली समयअनुसार राति १२ः ५५ मा सुरु हुनेछ ।
प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेल्ने अवसर पाएका हुन् ।