चैत्र १०, २०८२ मंगलबार | ०३:०९:५९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

स्वर्ण पदकमा नेपालको ‘क्लिन स्विप’

स्वर्ण पदक विजेता खेलाडी ।

काठमाडौं । प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिताको स्वर्ण पदकमा नेपालले ‘क्लिन स्विप’ गरेको छ ।

आइतबार सम्पन्न प्रतियोगितामा समावेश सातै स्पर्धामा नेपाल स्वर्ण  पदक जित्न सफल रह्यो । नेपालले पाँच रजत र चार कांस्य पदक पनि थप्यो ।

नेपाल जित कुण्डो मार्सल आर्ट्सको आयोजनमा भएको प्रतियोगितामा भारत र श्रीलंकाले समान एक रजत र कांस्य जिते ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष ५५ केजी तौलसमूहमा विजय थापाले स्वर्ण पदक जिते । उनले नितेश कठायतलाई पराजित गरे ।

पुरुष ६० केजीमुनिमा नरेन्द्र दनुवारले अल्ताप दनुवारलाई हराउँदै स्वर्ण पदक चुमे । अमित थापा तेश्रो भए ।

पुरुष ६५ केजीमा सन्जिव माझीले  नेपालकै भीष्म तामाङलाई निरास बनाउँदै स्वर्ण पदक हात पारे । सुसाङ चौधरी तेश्रो स्थानमा रहे ।

पुरुष ७० केजीमुनिमा सुमन तामाङले स्वर्ण पदक चुमे । उनले फाइनलमा श्रीलंकाका रकिन्डु प्रेमन चन्द्रालाई हराए । भारतका मोनिश तेश्रो भए । पुरुष ७० केजीमाथिमा पिताम्बर मगरले बाजी मारे । उनले फाइनलमा भारत प्रियाडमाथि जित दर्ता गरे । श्रीलंकाका कसुन हर्षल तेश्रो स्थानमा रहे ।

महिला ५५ केजीमुनिमा निलम कोइरालाले सारिका नेपालीको चुनौती पन्छ्याउदै स्वर्ण पदक जितिन् ।  जमुना दनुवार तेश्रो बनिन् । 
महिला ७० केजीमाथिको पलाइनलमा उर्मिला दनुवारले जमुना विकलाई पराजित गरिन् ।  ममता शर्मा तेश्रो भइन् ।

शीर्ष तीनले क्रमशः २३ हजार ५००, ५ हजार ५०० र ३ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघका अध्यक्ष रामबहादुर ठकुरी र महासचिव शिवबहादुर थापा, टेड वाङ जितकुण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक स्पेनका ज्याक्विन मार्सेलोलगायतले  गरे ।

प्रतियोगिताअघि संघकै आयोजनामा दुई दिने नवौं टेड वाङ सेमिनार पनि भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो