पुस २६, २०८२ आइतबार | १३:११:२९
पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न इजिप्ट र नाइजेरिया सेमिफाइनलमा केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न इजिप्ट र नाइजेरिया सेमिफाइनलमा केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली

एनकेएलका लागि उत्साहित छुः घनश्याम

पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै घनश्याम रोकामगर, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । भारतीय प्रो कबड्डी लिग (पिकेएल)को च्याम्पियन हरियाणा स्टिलर्सका रेडर घनश्याम रोकामगरले नेपाल कबड्डी लिग (एनकेएल) खेल्न उत्साहित रहेको बताएका छन् ।

सोमबार दरबारमार्गस्थित रोयल सिंगी होटलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा घनश्यामले  भने ,‘ नेपालमा पहिले कबड्डीलाई लिएर यस्तो क्रेज कहिल्यै देखेको थिएन । अहिले विभिन्न सुविधाबीच एनकेएल सुरु हुन लाग्दा केही अचम्म पनि लागेको छ । एनकेएलका लागि एकदमै उत्साहित छु ।’

दुई साताअघि घनश्यामसम्मिलित हरियाणा स्टिलर्सले (पिकेएल) को एघारौं संस्करणको उपाधि जितेको थियो । फाइनलमा हरियाणाले सर्वाधिक सफल टोली पटना पाइरट्सलाई ३२–२३ को नतिजामा पराजित गरेको थियो । घनश्याम हरियाणाको जिम्मेवारी सकाएर सोमबार पहिलो पटक नेपाली खेलकुद सञ्चारकर्मीमाझ प्रस्तुत भएका हुन् ।

घनश्यामले नेपाली खेलाडीसँग पिकेएल खेल्न सक्ने क्षमता रहेको पनि बताए । रोल्पा घर भएका घनश्याम भन्छन्,‘नेपाली खेलाडी एकदमै राम्रा छन् । पिकेएलका क्लबहरुको आ–आफ्नै सोच र अवधारणा हुन्छ । तर, मलाई लाग्छ नेपाली खेलाडी पिकेएल जस्तो प्लेटफर्ममा आफ्नो प्रतिभा देखाउन योग्य छ ।’

घनश्यामका आमाबुवा कामकै शिलशिलामा ३२ वर्षअघि रोल्पाबाट भारत गएका थिए । घनश्याम भारतमै जन्मे हुर्केका हुन् । भारतमा कबड्डीको क्रेजका कारण कबड्डीमा होमिएका घनश्यामले व्यावसायिक कबड्डी खेल्नुअघि दुई तीन वर्ष प्रशिक्षणमै बिताएका थिए । यो अवधिमा घनश्यामले भारतमा कुनै पनि स्तरको प्रतियोगिता खेलेनन् ।

दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न बंगबन्धु कबड्डी प्रतियोगिताको तेस्रो संस्करणमा घनश्यामले नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । चौथो संस्करणमा घनश्यामले टोलीको नेतृत्व सम्हाले । घनश्यामको कप्तानीमा नेपालले बंगबन्धु कबड्डी कपको चौंथो संस्करणको उपविजेता बन्यो । घनश्याम प्रतियोगिताकै ‘मस्ट भ्यालुवेबल प्लेयर’ घोषित भए । उनको प्रेरणादायी प्रदर्शनमा नेपालले दुई वर्षअघि जुनियर विश्व च्याम्पियनसिपमा कांस्य पदक पनि जितेको थियो ।

घनश्याम काठमाडौं माभरिक्सका मार्की खेलाडी हुन्। काठमाडौंले एनकेएलको उद्घाटन खेलमा पोखरा लेकर्सको सामना गर्दैछ । यी दुईबीचको खेल माघ ४ गते साँझ ६ः३० मा सुरु हुनेछ ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टिम नकआउट चरणमा स्थान बनाउने छन् ।

शीर्ष दुई टोलीबीच क्वालिफायर १ हुनेछ । यो खेल जित्ने टोली सीधै फाइनल पुग्नेछ ।

यसैगरी तेस्रो र चौथो स्थानमा रहने टोलीबीच इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुनेछ । यो खेलमा हार बेहोर्ने टोलीको यात्रा समाप्त हुँदा जित्ने टोलीले क्वालिफायर २ खेल्ने अवसर पाउनेछ ।

क्वालिफायर १ मा पराजित टोली र इलिमिनेटरका विजेताबीच क्वालिफायर २ मा प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||