चैत्र ११, २०८२ बुधबार | १९:११:१०
लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

एनकेएलका लागि उत्साहित छुः घनश्याम

पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै घनश्याम रोकामगर, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । भारतीय प्रो कबड्डी लिग (पिकेएल)को च्याम्पियन हरियाणा स्टिलर्सका रेडर घनश्याम रोकामगरले नेपाल कबड्डी लिग (एनकेएल) खेल्न उत्साहित रहेको बताएका छन् ।

सोमबार दरबारमार्गस्थित रोयल सिंगी होटलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा घनश्यामले  भने ,‘ नेपालमा पहिले कबड्डीलाई लिएर यस्तो क्रेज कहिल्यै देखेको थिएन । अहिले विभिन्न सुविधाबीच एनकेएल सुरु हुन लाग्दा केही अचम्म पनि लागेको छ । एनकेएलका लागि एकदमै उत्साहित छु ।’

दुई साताअघि घनश्यामसम्मिलित हरियाणा स्टिलर्सले (पिकेएल) को एघारौं संस्करणको उपाधि जितेको थियो । फाइनलमा हरियाणाले सर्वाधिक सफल टोली पटना पाइरट्सलाई ३२–२३ को नतिजामा पराजित गरेको थियो । घनश्याम हरियाणाको जिम्मेवारी सकाएर सोमबार पहिलो पटक नेपाली खेलकुद सञ्चारकर्मीमाझ प्रस्तुत भएका हुन् ।

घनश्यामले नेपाली खेलाडीसँग पिकेएल खेल्न सक्ने क्षमता रहेको पनि बताए । रोल्पा घर भएका घनश्याम भन्छन्,‘नेपाली खेलाडी एकदमै राम्रा छन् । पिकेएलका क्लबहरुको आ–आफ्नै सोच र अवधारणा हुन्छ । तर, मलाई लाग्छ नेपाली खेलाडी पिकेएल जस्तो प्लेटफर्ममा आफ्नो प्रतिभा देखाउन योग्य छ ।’

घनश्यामका आमाबुवा कामकै शिलशिलामा ३२ वर्षअघि रोल्पाबाट भारत गएका थिए । घनश्याम भारतमै जन्मे हुर्केका हुन् । भारतमा कबड्डीको क्रेजका कारण कबड्डीमा होमिएका घनश्यामले व्यावसायिक कबड्डी खेल्नुअघि दुई तीन वर्ष प्रशिक्षणमै बिताएका थिए । यो अवधिमा घनश्यामले भारतमा कुनै पनि स्तरको प्रतियोगिता खेलेनन् ।

दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न बंगबन्धु कबड्डी प्रतियोगिताको तेस्रो संस्करणमा घनश्यामले नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । चौथो संस्करणमा घनश्यामले टोलीको नेतृत्व सम्हाले । घनश्यामको कप्तानीमा नेपालले बंगबन्धु कबड्डी कपको चौंथो संस्करणको उपविजेता बन्यो । घनश्याम प्रतियोगिताकै ‘मस्ट भ्यालुवेबल प्लेयर’ घोषित भए । उनको प्रेरणादायी प्रदर्शनमा नेपालले दुई वर्षअघि जुनियर विश्व च्याम्पियनसिपमा कांस्य पदक पनि जितेको थियो ।

घनश्याम काठमाडौं माभरिक्सका मार्की खेलाडी हुन्। काठमाडौंले एनकेएलको उद्घाटन खेलमा पोखरा लेकर्सको सामना गर्दैछ । यी दुईबीचको खेल माघ ४ गते साँझ ६ः३० मा सुरु हुनेछ ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टिम नकआउट चरणमा स्थान बनाउने छन् ।

शीर्ष दुई टोलीबीच क्वालिफायर १ हुनेछ । यो खेल जित्ने टोली सीधै फाइनल पुग्नेछ ।

यसैगरी तेस्रो र चौथो स्थानमा रहने टोलीबीच इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुनेछ । यो खेलमा हार बेहोर्ने टोलीको यात्रा समाप्त हुँदा जित्ने टोलीले क्वालिफायर २ खेल्ने अवसर पाउनेछ ।

क्वालिफायर १ मा पराजित टोली र इलिमिनेटरका विजेताबीच क्वालिफायर २ मा प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो