माघ ९, २०८१ बुधबार | २३:२७:३०
भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने भीष्मराज र सागरले ग्रान्ड प्रिक्स डु फेन्सिङमा प्रतिस्पर्धा गर्ने ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने

एपिएफ लगातार दोस्रो खेलमा विजयी

विकेटको खुसीयाली मनाउँदै एपिएफका खेलाडी, तस्विरः क्यान ।

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार गण्डकी प्रदेशविरुद्ध आठ विकेटको सहज जित दर्ता गर्यो ।

जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित गण्डकी अंकविहिन छ ।

पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले पराजित गर्दा गण्डकीले सुदूरपश्चिम प्रदेशसँग सात विकेटको हार बेहोरेको थियो ।

गण्डकीले प्रस्तुत गरेको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि कप्तान इन्दु बर्माले अविजित २६, ममता चौधरीले १८ र रोमा थापाले अविजित १४ रन बनाए ।

गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो । बाक्लो हुस्सुका कारण टस ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो ।

गण्डकीका लागि कप्तान सिर्जना पौडेलले २५, रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन बनाए ।

एपिएफका लागि विन्दु बुढाले दुई र करुणा भण्डारीले एक विकेट लिए । 


भिडियो
NATIONAL FOOTBALL PLAYER SARU LIMBU भन्छिन्ः अस्ट्रेलियाको भिसा त्यागेर नेपालका लागि खेल्न बसेका हौं
एपिएफले महिला लिगको उपाधि जित्छ, हामी तयार छौंः PREETI RAI
एन्फासँग आक्रोसित एपिएफका प्रशिक्षक JIBESH भन्छन्ः खेलाडीले पुरस्कार नपाए प्लेअफ खेल्दैनौं
एपिएफलाई हराएर फाइनलमा स्थान बनाउँछौं: KRISHNA SINGN THUGUNNA
BAGMATI CLUB ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
SANKATA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
NRT ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥