भाद्र २७, २०८२ शनिबार | ०९:३७:३०
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने ‘राइट टु प्रोटिन रन’ को चौथो संस्करणमा ८ हजार भन्दा बढी धावक/धाविकाले सहभागिता जनाउने भएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक सितलकाजी श्रेष्ठले शनिबार हुने हाफ म्याराथनमा ८ हजार भन्दा बढीको सहभागिता रहने जानकारी गराए ।

सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक श्रेष्ठले बताए ।

प्रतियोगिताको कुल पुरस्कार राशी करिब १८ लाख रुपैयाँ छ । गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर सकिने छ ।

प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि (छात्र), ३ किमि (छात्रा) र ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ समावेश छ ।

हाफ म्याराथनका शीर्ष पाँचले क्रमशः १ लाख ५०, १ लाख, ७० हजार,  ५० हजार र ३० हजार रुपैयाँ  पाउने छन् ।

१० किलोमिटर खुला पुरुष दौडमा पहिलोले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ  प्राप्त गर्नेछन् ।

महिलामा पाँच किलोटमिटरतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौंले पाँच हजार रुपैयाँ पाउने छन् ।

ह्विलचियरतर्फ शीर्ष तीनलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार रुपैयाँको व्यवस्था गरिएको छ ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS