फाल्गुन २७, २०८२ बुधबार | ०३:५३:४९
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व

प्रतियोगितमा पदक विजेता आर्मीको टोली ।

काठमााडौं । हिमालयन रनिङ क्लब र भेट्रान धावकको संयुक्त आयोजनामा  भएकाे राष्ट्रियस्तरको ‘अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपमा विभागीय टोलीको वर्चश्व कायम गरेका छन् । 

त्रिपुरेश्वरथित दशरथ रंगशालामा शुक्रबार सम्पन्न प्रतियोगिताको ६० मिटर दौडमा महिलातर्फ आर्मीकी सरस्वती चौधरीले स्वर्ण पदक जितिन् । यो स्पर्धाको पुरुपुरुषमा एपिएफका शिवराज पार्की र आर्मीका सलिम देवानले संयुक्त रुपमा  प्रथम स्थान हासिल गरे । 
यसैगरी १५० मिटरमा महिलातर्फ पुलिसकी सिमा चौधरी र पुरुषत एपिएफका सुशील केसीले स्वर्ण पदक प्राप्त गरे ।

यता ३५० मिटरमा महिलातर्फ एपिएफकी रमिताकुमारी थारु र पुरुषतर्फ आर्मीका युवराज विकले पहिलो स्थान हासिल गर्दा ६०० मिटरकाे महिलामा  एपिएफकी नारायणी भण्डारी र पुरुषमा आर्मीका सोमबहादुर कुमाल स्वर्ण पदक हात पारे ।

करिब दुई दशकपछि यस प्रकारको दौड आयोजना गरिएको हो । प्रतियोगितामा  विभागीय टाेली आर्मी  एपिएफ, पुलिसका साथै देशका विभिन्न स्थानबाट करिब १०० जना खेलाडीले सहभागिता जनाएका थिए ।

प्रत्येक विधाका विजेताले मशः प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल एथलेटिक्स संघले मान्यता दिएको थियो ।

कार्यक्रममा हालै भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर ब्रोन्जको लङ जम्पमा  राष्ट्रिय कीर्तिमान बनाएका सिमाकुमारी चौधरी(५.८३  मिटर) तथा सलिम देवान (७.३२ मिटर) लाई कदर पत्र प्रदान गरियो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||