चैत्र ११, २०८२ बुधबार | १६:३२:४६
दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा

सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले नेपाल एथलेटिक्स संघको सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न  निर्देशन दिएको छ ।

राखेपले राष्ट्रिय खेलकुद विकास समितिको नियमावली नियम ७ अनुसार संघको विधान स्विकृत नभएको तथा प्रदेश र जिल्ला संघ गठन भएको काजजात प्राप्त नभएकोले  पहिला सबै प्रक्रिया पूरा गर्न निर्देशन दिएको हो ।

जिल्ला संघ गठन भएको कागजात प्राप्त भएपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन सकिने बताएको छ ।

राजीवविक्रम शाह संयोजक रहेको संघले साउन १४ गते साधारण सभा र निर्वाचनको मागसहित राखेपमा पत्र पठाएको थियो ।

यसअघि २०८० जेठ ३० गते गठन भएको नेपाल एथलेटिक्स संघ, तदर्थ कमिटीका बहुमत सदस्यले निर्वाचन रोक्नुपर्ने मागसहित मुद्दा दायर गरेका थिए ।

तदर्थ समितिका सदस्यले आइतबार उच्च अदालको अन्तिम फैसला नआएसम्म निर्वाचन स्थगित गर्नुपर्ने मागसहित पत्रकार सम्मेलन गरेका थिए ।

शाह संयोजक रहेको एथलेटिक्स संघ तदर्थ कमिटीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार गर्न पर्नेमा कानुन विपरित राखेपबाट स्विकृत नै नगराई गैर कानूनी विधानको आधारमा विभिन्न भिन्न जिल्ला र प्रदेशका पदाधिकारीलाई भ्रम र प्रलोभनमा पारि अबैध कमिटी गठन गर्दै हिँडिरहको आरोप उनीहरूले लगाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो