माघ ८, २०८१ मंगलबार | १६:३२:१८
बागमती सुपर फोरमा सन्दीपलाई एक खेलको प्रतिबन्ध विभागीय डर्बीमा एपिएफको एकतर्फी जित जेभरेभ सेमिफाइनलमा कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमती सुपर फोरमा सन्दीपलाई एक खेलको प्रतिबन्ध विभागीय डर्बीमा एपिएफको एकतर्फी जित जेभरेभ सेमिफाइनलमा कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित

कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा मंगलबार  कोशी प्रदेशविरुद्ध ९ विकेटको सहज जित दर्ता गरेको छ । 

जितसँगै तीन खेलमा चार अंक जोडेको आर्मीले समूह ‘बी’ बाट सुपार फोरमा स्थान पक्का गरेको छ ।  पहिलो पराजय बेहोरेको कोशीको पनि चार अंक नै छ । 

यसअघि मधेश प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो । कोशीले बागमती र मधेशलाई हराएको थियो । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सम्झाना खड्काले अविजित ३२ रन बनाइन् । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित सात ओभरमा पाँच विकेट गुमाउँदै ३६ रनको योगफल तयार पारेको थियो । खराब मौसमका कारण टस ढिला भएपछि खेललाई सात ओभरमा झारिएको थियो । 

कोशीका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीका लागि मनिषा चौधरीले तीन र सुश्मिता भुसालले दुई विकेट लिए ।


भिडियो
Private video
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’