माघ ८, २०८१ मंगलबार | १९:३६:३१
सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक एपिएफका १५ खेलकर्मी विशेष बढुवामा बागमती सुपर फोरमा सन्दीपलाई एक खेलको प्रतिबन्ध विभागीय डर्बीमा एपिएफको एकतर्फी जित जेभरेभ सेमिफाइनलमा कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी सहज जित निकाल्दै काठमाडौं शीर्षस्थानमा वालिङको पहिलो जित, सुस्माको ह्याट्रिक एपिएफका १५ खेलकर्मी विशेष बढुवामा बागमती सुपर फोरमा सन्दीपलाई एक खेलको प्रतिबन्ध विभागीय डर्बीमा एपिएफको एकतर्फी जित जेभरेभ सेमिफाइनलमा कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी

बागमती सुपर फोरमा

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार मधेश प्रदेशविरुद्ध सात विकेटको जित निकालेको छ ।

जितसँगै तीन खेलमा चार अंक जोडेको बागमती समूह ‘बी’ बाट सुपर फोरमा प्रवेश गरेको छ । यसँगै कोशी प्रदेशको भने सुपर फोरको सम्भावना समाप्त भएको छ । 

समान अंक भए पनि बागमतीले कोशी प्रदेशलाई नेट रनरेटमा पछि पारेको हो । बागमतीको रनरेट १.५९३ र रहँदा कोशीको १.२६१ रह्यो । मधेशले तीनै खेलमा पराजय बेहोर्यो । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा ४१ रनको लक्ष्य बागमातीले ६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । 

बागमतीका लागि याशु पाण्डेले १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 
मधेशका लागि रोजी कडारीले दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल तयार पारेको थियो । मधेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि कप्तान कञ्चन श्रेष्ठले चार, विपिशा शाहीले दुई तथा सोनु खड्का र मनिषा उपाध्यायले समान एक विकेट लिए ।


भिडियो
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’