माघ ८, २०८१ मंगलबार | १३:१४:२९
कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने

‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी

काठमाडौ । मध्यपुर युथ एसोसियसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगको तयारी सुरु गरेको  छ । क्लबले दुई सातादेखि सानो ठिमीमा रहेको आफ्नै मैदानमा अभ्यास गरिरहेको अध्यक्ष उपेन्द्रमान सिंहले जानकारी गराए ।

भक्तपुर जिल्लामा अवस्थित यो क्बल २०६३ सालमा स्थापना भएको थियो । ब्वाइज फुटबल एकेडेमी हुँदै सुरु भएको यो क्लबले दुई वर्षपछि सहिद स्मारक ‘सी’ डिभिजन लिगमा उक्लिएको थियो । सी र बी डिभिजन हुँदै  टोली २०६८ सालमा सहिद स्मारक ए डिभिजन लिग नै खेल्यो ।

तर, पहिलो संस्करण नै टोली ‘बी’ डिभिजनमा घटुवा भएको हो । त्यसयता टोलीले नियमित ‘बी’ डिभिजन लिग खेलिरहेको छ ।

यसपटक टोली शीर्ष डिभिजनमा उक्लने योजनामा छ । ‘शीर्ष डिभिजनमा उक्लने लक्ष्यसहित दुई सातायता अभ्यास गरिरहेका छौं,’ क्लबका अध्यक्ष सिंह भन्छन् ।

क्लबले ललित स्मृति यु–१८ लिग खेलेका केही खेलाडीलाई टोलीमा समावेश गरेको छ । खुल्ला छनोटबाट समावेश भएका ३५ खेलाडी अहिले नियमित अभ्यासमा छन् । ‘हामीले खुल्ला छनोट र यु–१८ लिग खेलेका खेलाडीलाई अवसर दिने भएका छौं,’ पूर्व राष्ट्रिय टिमका गोलकिपर सिंह भन्छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा लिग आगामी फागुन २५ गतेदेखि सुरु हुुँदैछ । करिब तीन वर्षदेखि हुन नसकेको लिग यसपटक गर्ने तयारीमा एन्फा जुटेको छ । एकवर्षअघि क्लबले तयारी सुरु गरेपनि एन्फाले अन्तिममा लिग नै स्थगित गरेको थियो । त्यसपछि १४ क्लब र एन्फाबीच लगातार विवाद भएपछि अन्त्यमा लिग हुने टुंगो लागेको हो ।

एन्फा पूर्व उपाध्यक्षसमेत रहेका सिंहले यसपटक च्याम्पियन हुने लक्ष्यमा हुँदा ७० लाख खर्च हुने अनुमान गरेका छन् । ‘च्याम्पियन हुने लक्ष्य बनाएकाले ७० लाख जस्तो खर्च हुन्छ जस्तो लाग्छ । हामी आफ्नोतर्फबाट राम्रो गर्ने प्रयास गर्छाै । मैदानमा खेलाडीले खेल्ने हो ।’
 


भिडियो
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS