माघ ८, २०८१ मंगलबार | ०९:५०:३१
‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा टाइगर कप भलिबलः विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा टाइगर कप भलिबलः विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी

लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता

छलफलमा सहभागी

नेपालगन्ज । बाँके जिल्लाका पूर्व खेल पदाधिकारीले नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा प्रतियोगिता आगामी फागुन १९ देखि २९ गतेसम्म हुँदैछ ।

सोमबार नेपालगन्ज रंगशालामा आयोजना गरिएको पूर्व खेल पदाधिकारीहरूको समन्वयात्मक छलफल कार्यक्रममा सहभागीले प्रतियोगितालाई सभ्य र भव्यरुपमा सफल बनाउन खेलाडी र टीमको उच्चस्तरीय व्यवस्थापन, आर्थिक सबलीकरण तथा आमदर्शकमा प्रतियोगिताप्रतिको रुची बढाउनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा मध्यपश्चिम राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य विनोद मैनाली, राजेन्द्र शाही र सुमित्रा चौधरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजना नेपालगन्जका लागि ठूलो अवसर रहेको धारणा राखे ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य जनक केसी, पूर्व सदस्य नरेन्द्र थापा, तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष अकलबहादुर बम, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष आतंक बस्नेत, मोहित शाह र गोविन्द वाग्लेले प्रतियोगितालाई सफल बनाउन आयोजक टीमले सबै पक्षलाई गोलबद्ध गराउनु पर्ने सुझाव दिए ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, मिडिया संयोजक नीरज गौतम, समन्वय तथा परिचालन उपसमिति संयोजक तेजविक्रम शाह र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले प्रतियोगिताको तयारीका बारेमा जानकारी गराए ।


भिडियो
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS