चैत्र ९, २०८२ सोमबार | ०८:२७:५४
पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित

निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ

नेपाली राष्ट्रिय पुरुष खो खो टोलीका कप्तान हेमराज पनेरुलाई बधाई दिँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले भारतमा सम्पन्न खो खो विश्वकप २०२५ मा उपविजेता बनेको नेपाली पुरुष र महिला टोलीले छिट्टै कानुन बमोजिम पुरस्कार प्राप्त गर्ने बताएका छन् ।

सोमबार त्रिभुवन विमानस्थल, काठमाडौंमा राखेपले आयोजना गरेको विजेता टोलीलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा खेलाडी, प्रशिक्षक, अफिसियल र संघका पदाधिकारीबीच यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘खेलाडीले पाउने नगद पुरस्कारमा राखेपले सक्दो सहयोग गर्नेछ । पुरस्कारका लागि प्रतियागत ढिलाई हुँदैन,’ घिसिङले भने, ‘खो खोले विश्वकप जस्तो प्रतिष्ठित प्रतियोगितामा पदक जितेको छ । नगद सम्मानको पहिलो प्रक्रिया संघ आफैबाट सुरु हुन्छ । त्यसपछि राखेपको जिम्मेवारी हुन्छ । देशलाई यति धेरै खुसी दिलाएको खो खोलाई पुरस्कार दिलाउने कुरामा हामी ढिला गर्नेछैनौं ।’

भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम खो–खो विश्वकपमा नेपाली पुरुष र महिला टोली उपविजेता बनेको थियो । सोमबार यही ऐतिहासिक सफलतामा टोलीका शुभचिन्तक, सहकर्मी, खेलकुद संघका पदाधिकारी र खेलप्रेमीले खुसियाली मनाएका थिए । खो खो टोली दिउँसो ३ः३० बजे विमानस्थलमा अवतरण भएको थियो । करिब एक घण्टापछि टोली भिआइपीको आगमन कक्षबाट बाहिर आएको थियो ।

नेपाली राष्ट्रिय महिला खो खो टोली, तस्विरः सरोज सापकोटा/खेलाडी ।

टोलीलाई राखेपले धिमे बाजा र ब्यान्ड बाजासहित स्वागत गरेको थियो । टोलीलाई सदस्यसचिव घिसिंङसँगै नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन र अन्य पदाधिकारीले फुलमाला र खादाका साथ स्वागत गरेका थिए । स्वागत लगत्तै टोलीलाई पत्रकार सम्मेलनका लागि प्रेस हलमा लगिएको थियो । जहाँ पुरुष टोलीका कप्तान हेमराज पनेरु, महिला टोलीका कप्तान सरस्वती कठायतले विश्वकपमा पदक जित्दाको अनुभव साटेका थिए ।

हेमराजले देशको गर्व बढाउन पाउँदा खुसी लागेको कुरा राखे । उनले भने, ‘हामीले प्रतियोगिताका लागि भारत प्रस्थान गर्नुअघि नै पदकको वाचा गरेका थियौं । पदक ल्याउन पाउँदा एकदमै खुसी छौं ।’

त्यस्तै सरस्वतीले टोलीको एकता नै उपलब्धि हासिल गर्नुको मुख्य कारण रहेको बताए । सरस्वतीेले भनिन्, ‘हाम्रा लागि मैदानमा उपस्थिति जनाउनु नै ठूलो कुरा थियो । हामीले मैदानमा देखाएको प्रदर्शनलाई नै गौरव ठानेका छौं ।’

नेपाली पुरुष टोलीको नेतृत्व प्रशिक्षक काया मुदीन मन्सुरले गरेका थिए । महिला टोलीको जिम्मेवारी विक्की राज महर्जनको नेतृत्वमा थियो । पत्रकार सम्मेलनमा महर्जनले नेपाली खेलकुदको अवस्था कमजोर रहँदा यसले खेलाडीको प्रदर्शनमा असर परेको प्रतिक्रिया राखे । उनले भने, ‘फाइनलमा भारत हामीविरुद्ध पूर्ण रुपमा हाबी भयो । भारतले ५६औं राष्ट्रिय खेलकुद आयोजना गरिरहँदा हामी १०औं संस्करण हुने नहुनेमै अड्किरहेका छौं । हामीले एक वर्ष प्रशिक्षण गर्न पाएको भए नतिजामा पक्कै पनि फरक पाउँथ्यौं । तर, हाम्रो देशको खेलकुद नै बलियो छैन ।’

नेपाली राष्ट्रिय पुरुष खो खो टोलीका कप्तान हेमराज पनेरु(बाँया) र महिला खो खो टोलीकी कप्तान सरस्वती कठायत विश्वकपमा हासिल गरेको रजत पदक देखाउँदै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

विश्वकपको पहिलो संस्करणमै फाइनल पुगेका नेपालका महिला र पुरुष टोली आइतबार उपाधि भिडन्तमा घरेलु भारतसँग पराजित हुँदा विश्व च्याम्पियन हुनबाट चुकेका थिए । पुरुष टोलीले ५४–३६ को हार बेहोर्दा महिला टोलीले भारतलाई ७४–४० को अन्तरमा नतिजा सुम्पियो । फाइनलमा पराजय बेहोरे पनि नेपाली खेलकुदका लागि यो एउटा ऐतिहासिक उपलब्धि रह्यो । जसका कारण खो खोका दुवै राष्ट्रिय टोली सरकारबाट आकर्षक पुरस्कारले सम्मानित हुनेछन् ।

खेलकुद विकास ऐनका अनुसार विश्व च्याम्पियनसिपमा उपविजेता बनेका दुवै टोलीले झण्डै ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । खेलकुद विकास नियमावली २०७९ को दफा २८ मा अन्तर्राष्ट्रिय महासंघ (आइएफ)का आधिकारिक विश्व च्याम्पियनसिपको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जिते ५२ लाख तथा रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ । जसअनुसार नेपाली खो खो महिला र पुरुष दुवै टोलीले ४५ लाख रुपैयाँ पक्का गरिसकेका छन् ।

पुरस्कार राशी मन्त्रिपरिषद्बाट स्विकृत भएपछि मात्र पदक विजेता टोली र सम्बन्धित व्यक्ति वा संघले प्राप्त गर्ने व्यवस्था छ । यसका लागि खेलकुद विकास नियमावली २०७९ को धारा २७ अनुसार पदक विजेता संघले पदक जितेको १५ दिन भित्र पुरस्कार पाउनका लागि निवेदन दिनुपर्ने हुन्छ । निवेदन दिइसकेपछि धारा २८ को व्यवस्था अनुसार युवा तथा खेलकुद मन्त्रालयले पदक प्राप्त गर्ने टोलीको सूची तयार गरी मन्त्रिपरिषद् समक्ष स्वीकृतिको लागि पेस गर्नेछ । यी सबै प्रक्रिया पूरा भइसकेपछि बल्ल मन्त्रिपरिषद्ले अध्ययन गरेर पुरस्कारको स्वीकृति दिने कानुनी व्यवस्था छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो