माघ १९, २०८२ सोमबार | ०३:१३:२७
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर

बागमती युवा क्लबका मुख्य प्रशिक्षक सोनाम लामा, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा मंगलबार विभाग बाहिरका दुई टोली बागमती युवा क्लब र वालिङ नगरपालिका आमने–सामने हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे हुनेछ ।

इलिमिनेटरमा आफ्नो स्थान सुरक्षित गरिसकेको बागमतीका लागि आज महत्वपूर्ण दिन हो ।

किन ?

बागमतीले शुक्रबार इलिमिनेटरमा विभागीय टोली नेपाल पुलिसविरुद्ध खेल्दैछ । पुलिसविरुद्धको महत्वपूर्ण प्रतिस्पर्धाअघि बागमतीका लागि वालिङसँगको खेल ‘वार्मअप म्याच’ जस्तै रहनेछ । त्यसैले बागमतीका लागि आज आफ्ना गल्ती सुधार्ने राम्रो अवसर मिल्नेछ । मुख्य प्रशिक्षक सोनाम लामाको नेतृत्वमा बागमतीले आज टोलीका कमजोरीलाई सच्याएर राम्रो फुटबल खेल्न आवश्यक छ । जसले गर्दा पुलिसविरुद्धको खेलमा बागमतीलाई केही हदसम्म सजिलो होस् ।

एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा प्रतिस्पर्धा गर्दै नेपाल पुलिस (रातो) र बागमती युवा क्लब (सेतो) जर्सीमा, तस्विर सौजन्यः एन्फा ।

बागमतीले सुपर स्टेजको दोस्रो चरणमा पुलिसलाई बराबरीमा रोकेको थियो । निश्चित छ, इलिमिनेटरमा पनि बागमतीमाथि जित हासिल गर्न पुलिसलाई सजिलो हुने छैन । बागमतीले एक गोल गरेको खण्डमा पुलिस प्रतियोगिताबाटै बाहिरिन सक्छ । यस्तो किनभने पुलिसले लगातार तेस्रो खेलमा गोल गर्न सकेको छैन ।

सोमबार भएको सुपर स्टेजको अन्तिम खेलमा पुलिसले विभागीय डर्बीमा एपिएफविरुद्ध २–० को पराजय बेहोरेको थियो । त्यसअघि बागमतीले पुलिसलाई गोलरहित रोकेको हो । बागमतीअघि आर्मीले पुलिसलाई १–० ले निराश पारेको थियो । इलिमिनेटरमा बागमतीले पुलिसलाई स्तव्ध पार्ने मुख्य आधार नै यही हो ।

पुलिसको खराब लयको फाइदा उठाउने हो भने वालिङविरुद्धको खेलमा प्रशिक्षक लामाले अनावश्यक गल्ती सच्याउन आवश्यक छ । अघिल्लो भेटमा बागमतीले वालिङको पोस्टमा दुई गोल गरेको थियो । मंगलबार बागमतीले गोल त गर्नुपर्ने छ नै, पर्याप्त अवसर पनि सिर्जना हुन आवश्यक छ । यो कुरा लामालाई राम्ररी थाहा छ ।

वालिङ नगरपालिकाको टोली, तस्विर सौजन्यः एन्फा ।

वालिङको हकमा बागमतीविरुद्धको नतिजाले टोलीलाई केही फरक पार्नेछैन । बागमतीविरुद्ध वालिङको मुख्य लक्ष्य भनेकै मैदानमा रमाउनु हुनेछ । चरम आर्थिक संकटबीच वालिङले सुपर स्टेजमा सहभागिता जनाएको टोलीका लागि यो फुटबलमा रम्ने उपयुक्त अवसर हो । 

यो कुरा वालिङका प्रशिक्षक दीलिप थापा आफैंले स्विकारेको तथ्य हो । आर्थिक संकटकै कारण वालिङले अर्को संस्करणको राष्ट्रिय लिगमा सहभागिता जनाउने नजाउनेमै टुंगो छैन । थापाले प्रतियोगिता दौरान भनेका थिए, ‘प्रतियोगिता खेल्ने भनेर आएपछि बीचमा छाड्न पनि भएन नि । जति सुकै आर्थिक समस्या भए पनि यो एउटा लिग सकाउँछौं । हाम्रो सहभागिता औपचारिकतामा मात्र सिमित छ ।’

यसबाहेक एन्फाले पनि आगामी लिग समयमै आयोजना गर्ला भन्ने अवस्था छैन । किनभने यही लिग एन्फाले तीन वर्षपछि बल्ल आयोजना गरेको हो । पुरुष फुटबलमा पनि डिभिजन लिगको संरचना अस्तव्यस्त छ । तीन वर्षमा एक पटक सी र ए डिभिजन लिग भएका छन् भने बी डिभिजन अझै भइसकेको छैन । ए र सी का अर्को संस्करण कहिले हुने पनि टुंगो छैन ।

यही कारण हो आफ्नो अन्तिम खेलमा वालिङ नगरपालिकालाई प्रतिनिधित्व गरिरहँदा खेलाडी विना कुनै दबाब मैदानमा रम्न आवश्यक छ । बागमतीविरुद्ध सकारात्मक नतिजा ल्याउन सके वालिङले प्रतियोगिताको सुखद अन्त्य गर्नेछ । जुन सहज भने छैन । तर, फुटबल हो जे पनि हुन सक्छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।