चैत्र १२, २०८२ बिहीबार | ०२:४५:३६
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर

बागमती युवा क्लबका मुख्य प्रशिक्षक सोनाम लामा, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा मंगलबार विभाग बाहिरका दुई टोली बागमती युवा क्लब र वालिङ नगरपालिका आमने–सामने हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे हुनेछ ।

इलिमिनेटरमा आफ्नो स्थान सुरक्षित गरिसकेको बागमतीका लागि आज महत्वपूर्ण दिन हो ।

किन ?

बागमतीले शुक्रबार इलिमिनेटरमा विभागीय टोली नेपाल पुलिसविरुद्ध खेल्दैछ । पुलिसविरुद्धको महत्वपूर्ण प्रतिस्पर्धाअघि बागमतीका लागि वालिङसँगको खेल ‘वार्मअप म्याच’ जस्तै रहनेछ । त्यसैले बागमतीका लागि आज आफ्ना गल्ती सुधार्ने राम्रो अवसर मिल्नेछ । मुख्य प्रशिक्षक सोनाम लामाको नेतृत्वमा बागमतीले आज टोलीका कमजोरीलाई सच्याएर राम्रो फुटबल खेल्न आवश्यक छ । जसले गर्दा पुलिसविरुद्धको खेलमा बागमतीलाई केही हदसम्म सजिलो होस् ।

एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा प्रतिस्पर्धा गर्दै नेपाल पुलिस (रातो) र बागमती युवा क्लब (सेतो) जर्सीमा, तस्विर सौजन्यः एन्फा ।

बागमतीले सुपर स्टेजको दोस्रो चरणमा पुलिसलाई बराबरीमा रोकेको थियो । निश्चित छ, इलिमिनेटरमा पनि बागमतीमाथि जित हासिल गर्न पुलिसलाई सजिलो हुने छैन । बागमतीले एक गोल गरेको खण्डमा पुलिस प्रतियोगिताबाटै बाहिरिन सक्छ । यस्तो किनभने पुलिसले लगातार तेस्रो खेलमा गोल गर्न सकेको छैन ।

सोमबार भएको सुपर स्टेजको अन्तिम खेलमा पुलिसले विभागीय डर्बीमा एपिएफविरुद्ध २–० को पराजय बेहोरेको थियो । त्यसअघि बागमतीले पुलिसलाई गोलरहित रोकेको हो । बागमतीअघि आर्मीले पुलिसलाई १–० ले निराश पारेको थियो । इलिमिनेटरमा बागमतीले पुलिसलाई स्तव्ध पार्ने मुख्य आधार नै यही हो ।

पुलिसको खराब लयको फाइदा उठाउने हो भने वालिङविरुद्धको खेलमा प्रशिक्षक लामाले अनावश्यक गल्ती सच्याउन आवश्यक छ । अघिल्लो भेटमा बागमतीले वालिङको पोस्टमा दुई गोल गरेको थियो । मंगलबार बागमतीले गोल त गर्नुपर्ने छ नै, पर्याप्त अवसर पनि सिर्जना हुन आवश्यक छ । यो कुरा लामालाई राम्ररी थाहा छ ।

वालिङ नगरपालिकाको टोली, तस्विर सौजन्यः एन्फा ।

वालिङको हकमा बागमतीविरुद्धको नतिजाले टोलीलाई केही फरक पार्नेछैन । बागमतीविरुद्ध वालिङको मुख्य लक्ष्य भनेकै मैदानमा रमाउनु हुनेछ । चरम आर्थिक संकटबीच वालिङले सुपर स्टेजमा सहभागिता जनाएको टोलीका लागि यो फुटबलमा रम्ने उपयुक्त अवसर हो । 

यो कुरा वालिङका प्रशिक्षक दीलिप थापा आफैंले स्विकारेको तथ्य हो । आर्थिक संकटकै कारण वालिङले अर्को संस्करणको राष्ट्रिय लिगमा सहभागिता जनाउने नजाउनेमै टुंगो छैन । थापाले प्रतियोगिता दौरान भनेका थिए, ‘प्रतियोगिता खेल्ने भनेर आएपछि बीचमा छाड्न पनि भएन नि । जति सुकै आर्थिक समस्या भए पनि यो एउटा लिग सकाउँछौं । हाम्रो सहभागिता औपचारिकतामा मात्र सिमित छ ।’

यसबाहेक एन्फाले पनि आगामी लिग समयमै आयोजना गर्ला भन्ने अवस्था छैन । किनभने यही लिग एन्फाले तीन वर्षपछि बल्ल आयोजना गरेको हो । पुरुष फुटबलमा पनि डिभिजन लिगको संरचना अस्तव्यस्त छ । तीन वर्षमा एक पटक सी र ए डिभिजन लिग भएका छन् भने बी डिभिजन अझै भइसकेको छैन । ए र सी का अर्को संस्करण कहिले हुने पनि टुंगो छैन ।

यही कारण हो आफ्नो अन्तिम खेलमा वालिङ नगरपालिकालाई प्रतिनिधित्व गरिरहँदा खेलाडी विना कुनै दबाब मैदानमा रम्न आवश्यक छ । बागमतीविरुद्ध सकारात्मक नतिजा ल्याउन सके वालिङले प्रतियोगिताको सुखद अन्त्य गर्नेछ । जुन सहज भने छैन । तर, फुटबल हो जे पनि हुन सक्छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो