माघ ९, २०८१ बुधबार | १०:१९:४६
एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल लिभरपुललाई तीन अंकको अग्रता ९ गोल भएको खेलमा बार्सिलोनाको रोमाञ्चक जित अल हिलाल शीर्ष स्थानमा यथावत रोनाल्डो चम्किदा अल नासरको सहज जित जोकोभिच सेमिफाइनलमा, बाहिरिए अल्कारेज चर्च ब्वाइजलाई हराउँदै झापा च्याम्पियन विराटनगरविरुद्ध जनकपुरको रोमाञ्चक जित

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार उपाधि दावेदार अस्ट्रेलियाको सामना गदैछ ।

समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा नेपाली समयअनुसार दिउँसो १२ः१५ मा सुरु हुँदैछ ।

नेपालले पहिलो पटक अस्ट्रेलियाको सामना गर्दैछ । अस्ट्रेलिया नेपाली युवा टोलीले सामना गर्न लागेको बलियो टोलीमध्ये एक हो । 

अघिल्ला दुवै खेलमा पराज बेहोरेको नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्युन छ । त्यसैले नेपाल साबिक उपविजेता अस्ट्रेलियाविरुद्ध विना दबाब मैदान उत्रिनेछ । 

नेपाललाई अस्ट्रेलिया जस्ता ठूला टोलीसँग खेल्ने अवसर बारम्बार मिल्दैन त्यसैले पनि टोलीका लागि यो आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो मौका हो ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजय बेहोरेको थियो । दुवै खेलमा नेपालले निकै खराब ब्याटिङ गरेको थियो ।

नेपाल बंगलादेशविरुद्ध ५३ र स्कटल्यान्डविरुद्ध ७३ रनमै समेटिएको थियो । कमजोर ब्याटिङ नेपालको प्रमखु चिन्ताको विषय हो । टोलीले अस्ट्रेलियाविरुद्ध त्यसलाई दोहोर्याउनु हुदैन ।

पूजा महतोको कप्तानीमा रहेको नेपाल सीमाना केसी, रिया शर्मा, सोनी पाख्रिन जस्ता खेलाडीका साथ मैदान उत्रिनेछन् ।

यता अस्ट्रेलिया पनि शतप्रतिश जितका साथ समूहको शीर्ष स्थानमा रहँदै सुपर सिक्समा पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

अस्ट्रेलियाले स्कटल्यान्डलाई ९ तथा बंगलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अस्ट्रेलियालाई एलेनोर लारेसा, लुसी हिल्टन, हर्षत गिल, केट पेले जस्ता खेलाडीको साथ रहनेछ ।


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए