माघ १, २०८२ बिहीबार | २२:३४:५२
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित

प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका

एन्फा राष्ट्रिय महिला लिग २०२४/२५ अन्तर्गत एपिएफ क्लबविरुद्ध बल अगाडि बढाउँदै त्रिभुवन आर्मी क्लबकी फरवार्ड अमिषा कार्की, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा बुधबार विभागका दुई टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब आमने-सामने हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्लेअफअघिको यो अन्तिम खेल केवल एउटा औपचारिकता मात्र रहनेछ । खेलको नतिजाले अंकतालिकामा कुनै असर पार्ने छैन । किनभने यति महत्वपूर्ण खेल बाँकी छँदै लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ । क्वालिफायर १ मा यिनै दुई टोलीले एकआपसमा खेल्ने पक्का भइसकेको छ । त्यस्तै इलिमिनेटरमा अर्को विभागीय टोली नेपाल पुलिसले बागमती युवा क्लबको सामना गर्ने समीकरण बनिसकेको छ । यस्तोमा बहुप्रतिक्षित हुने आंकलन गरिएको यस खेलमा रोमाञ्चकताको कमी हुने सम्भावना बढी छ ।

लिगमा एक खेल पनि नहारेको एपिएफ जितको प्रबल दाबेदार हो । एपिएफले लिगमा आर्मीलाई यसअघि दुई चोटी हराइसकेको छ । त्यसैले सोमबार अनपेक्षित नतिजाको आशा गर्न सकिन्न । आर्मीलाई भने प्लेअफअघि एपिएफलाई हराउने अन्तिम अवसर छ । बुधबारको जितले आर्मीलाई प्लेअफमा केही हदसम्म सजिलो हुनेछ । 

एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत त्रिभुवन आर्मीकी मिडफिल्डर पुनम जर्घा मगर(हरियो जर्सी) र एपिएफ क्लबकी मिडफिल्डर रेनुका नगरकोटे मैदानमा प्रतिस्पधा गर्दै, तस्विर सौजन्यः एन्फा ।

आउने दिनमा जति जतिबेला यो सिजनको कुरा हुनेछ, त्यतिबेला अवश्य पनि आर्मी र एपिएफको प्रतिद्धन्द्धिताका बारेमा चर्चा हुनेछन् नै । यस्तोमा आर्मी पनि लिग चरणमा आफूले एपिएफविरुद्ध खेलेका तीनवटै खेलमा हार बेहोर्नुपरेको इतिहास सुन्न चाहँदैन । एक खेल हारिन्छ, दोस्रो खेलमा पनि नतिजा आफ्नो पक्षमा नआउला, तेस्रोमा त जितिन्छ नि ? जित्न नसके रोक्न त सकिएला नि ? आर्मीलाई बुधबार बराबरीको नतिजाले पनि सन्तुष्टि मिल्नेछ ।

एपिएफविरुद्ध लिगको पहिलो चरणमा २-१ काे हार बेहाेरेकाे आर्मी सुपर स्टेजको पहिलो लेगमा पनि ३-१ ले निराश बनेको थियो । पछिल्लो खेलमा एपिएफका लागि कप्तान अनिता बस्नेतले दुई असिस्ट र एक गोल गरेकी थिइन् । विभागीय डर्बीमा विंगर अनिताले प्रेरणादायी प्रदर्शन गर्दै आएकी छन् । एपिएफले पुलिसविरुद्ध ६-० को जित दर्ता गर्दा अनिताले ह्याट्रिक गरेकी थिइन् । आर्मीविरुद्ध एपिएफका लागि हेर्नलायक खेलाडी अनिता नै हुन् ।

आर्मीको सकारात्मक नतिजामा फरवार्ड अमिषा कार्कीको भूमिका महत्वपूर्ण रहन सक्छ । पछिल्लो खेलमा अमिषाले एपिएफको रक्षापङ्क्तिलाई केही हदसम्म गाह्रो बनाएकी थिइन् । विभागीय जिम्मेवारीका कारण अमिषाले सुपर स्टेजका अधिकांश खेल गुमाएकी छन् । विभागीय डर्बीमा भने आर्मीले अमिषालाई मैदानमा उतारेको छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate