चैत्र ६, २०८२ शुक्रबार | १७:१८:५५
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका

एन्फा राष्ट्रिय महिला लिग २०२४/२५ अन्तर्गत एपिएफ क्लबविरुद्ध बल अगाडि बढाउँदै त्रिभुवन आर्मी क्लबकी फरवार्ड अमिषा कार्की, तस्विर सौजन्यः एन्फा ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा बुधबार विभागका दुई टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब आमने-सामने हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्लेअफअघिको यो अन्तिम खेल केवल एउटा औपचारिकता मात्र रहनेछ । खेलको नतिजाले अंकतालिकामा कुनै असर पार्ने छैन । किनभने यति महत्वपूर्ण खेल बाँकी छँदै लिगको प्लेअफ समीकरण पूरा भइसकेको छ । क्वालिफायर १ मा यिनै दुई टोलीले एकआपसमा खेल्ने पक्का भइसकेको छ । त्यस्तै इलिमिनेटरमा अर्को विभागीय टोली नेपाल पुलिसले बागमती युवा क्लबको सामना गर्ने समीकरण बनिसकेको छ । यस्तोमा बहुप्रतिक्षित हुने आंकलन गरिएको यस खेलमा रोमाञ्चकताको कमी हुने सम्भावना बढी छ ।

लिगमा एक खेल पनि नहारेको एपिएफ जितको प्रबल दाबेदार हो । एपिएफले लिगमा आर्मीलाई यसअघि दुई चोटी हराइसकेको छ । त्यसैले सोमबार अनपेक्षित नतिजाको आशा गर्न सकिन्न । आर्मीलाई भने प्लेअफअघि एपिएफलाई हराउने अन्तिम अवसर छ । बुधबारको जितले आर्मीलाई प्लेअफमा केही हदसम्म सजिलो हुनेछ । 

एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत त्रिभुवन आर्मीकी मिडफिल्डर पुनम जर्घा मगर(हरियो जर्सी) र एपिएफ क्लबकी मिडफिल्डर रेनुका नगरकोटे मैदानमा प्रतिस्पधा गर्दै, तस्विर सौजन्यः एन्फा ।

आउने दिनमा जति जतिबेला यो सिजनको कुरा हुनेछ, त्यतिबेला अवश्य पनि आर्मी र एपिएफको प्रतिद्धन्द्धिताका बारेमा चर्चा हुनेछन् नै । यस्तोमा आर्मी पनि लिग चरणमा आफूले एपिएफविरुद्ध खेलेका तीनवटै खेलमा हार बेहोर्नुपरेको इतिहास सुन्न चाहँदैन । एक खेल हारिन्छ, दोस्रो खेलमा पनि नतिजा आफ्नो पक्षमा नआउला, तेस्रोमा त जितिन्छ नि ? जित्न नसके रोक्न त सकिएला नि ? आर्मीलाई बुधबार बराबरीको नतिजाले पनि सन्तुष्टि मिल्नेछ ।

एपिएफविरुद्ध लिगको पहिलो चरणमा २-१ काे हार बेहाेरेकाे आर्मी सुपर स्टेजको पहिलो लेगमा पनि ३-१ ले निराश बनेको थियो । पछिल्लो खेलमा एपिएफका लागि कप्तान अनिता बस्नेतले दुई असिस्ट र एक गोल गरेकी थिइन् । विभागीय डर्बीमा विंगर अनिताले प्रेरणादायी प्रदर्शन गर्दै आएकी छन् । एपिएफले पुलिसविरुद्ध ६-० को जित दर्ता गर्दा अनिताले ह्याट्रिक गरेकी थिइन् । आर्मीविरुद्ध एपिएफका लागि हेर्नलायक खेलाडी अनिता नै हुन् ।

आर्मीको सकारात्मक नतिजामा फरवार्ड अमिषा कार्कीको भूमिका महत्वपूर्ण रहन सक्छ । पछिल्लो खेलमा अमिषाले एपिएफको रक्षापङ्क्तिलाई केही हदसम्म गाह्रो बनाएकी थिइन् । विभागीय जिम्मेवारीका कारण अमिषाले सुपर स्टेजका अधिकांश खेल गुमाएकी छन् । विभागीय डर्बीमा भने आर्मीले अमिषालाई मैदानमा उतारेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो