माघ ४, २०८२ आइतबार | ०७:०६:२४
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै

काठमाडौं । रियाल मड्रिडले आज राति युरोपेली च्याम्पियन्स लिगमा खेल्दैछ । यसअघि उसका स्टार खेलाडी किलियन एमबाप्पेले दिएको अन्तर्वार्ता सुन्ने हो भने लाग्छ, उनी जत्तिको खेलाडीलाई पनि गाह्रै हुने रहेछ । बाहिरबाट हेर्दा असाध्यै के के न छ भन्ने लागे पनि स्टार खेलाडी हुनु पनि सजिलो रहेनछ ।

पेरिस सेन्ट जर्मन (पिएसजी) छाडेर रियाल आएयता एमबाप्पेको प्रदर्शन त्यस्तो रहेन जस्तो अपेक्षा गरिएको थियो । अझ कुनै मोडमा उनको प्रदर्शन खराव नै रह्यो । यसैलाई लिएर उनले भनेका छन्, ‘मलाई लाग्छ, मलाई त मानसिक दबाब नै भएको थियो । मलाई त सबथोक भताभुङ नै भएको जस्तो लागेको थियो ।’

त्यही मोडमा उनलाई के पनि लाग्यो भने, होइन्, यसरी त हुन्न । त्यसैले उनले अझ मिहिनेत गर्न थाले र अहिले विस्तारै ठीकठाक खेल्न थालेका छन् । फ्रान्सका २६ वर्षीय एमबाप्पे गत जुनमा विना कुनै शुल्क रियाल आएका थिए । खराव लयका बेला लिभरपुल र एथलेटिको बिल्बाओविरुद्ध उनले पेनाल्टीमै पनि गोल गर्न सकेका थिएनन् ।

‘मैले दिनरात अब कसरी खेल्ने भनेर मात्रै सोच्न थालेको थिएँ । मैदानमै पनि कता जाने कहिले जाने भनेर दुविधा हुन्थ्यो । अहिले म ठीक छुं जस्तो लाग्छ । मलाई के पनि लाग्छ भने मैले आफ्नो टिमका लागि यो भन्दा खराव खेल्ने ठाउँ नै छैन् । यस्तो स्थितिमा जाने भनेको अगाडि नै मात्र हो, पछाडि होइन् ।’


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate