काठमाडौं । ९ गोल भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५-४ ले पराजित गरेको छ । मंगलबार राति पोर्टुगलमा भएको युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले रोमाञ्चक कमब्याक गर्दै तीन अंक जोडेको हो ।
बार्सिलोनाको जितमा रोबार्टाे लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरेका थिए । एरिक ग्रासियाले एक गोल थपे । यसअघि घरेलु टोली बेन्फिकाको लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरेका थिए । बार्सिलोनाका रोनाल्डो अरौजोले आत्माघाति गोल गरेका हुन् ।
खेलको पहिलो गोल दोस्रो मिनेटमा गर्दै घरेलु टोलीले बार्सिलोनालाई दबाबमा राखेको थियो । पहिलो हाफमा घरेलु टोली ३-१ ले अघि थियो । ६८औं मिनेटसम्म ४-२ ले पछि परेको बार्सिलोनाले खेलमा उत्कृष्ट कमब्याक जित निकाल्यो ।
जितपछि बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ । ७ मध्ये पाँच खेल जितेको बार्सिलोनाको १८ अंक छ । शीर्ष स्थानको लिभरपुलको २१ अंक छ । ११ अंकसहित बेन्फिका १६औं स्थानमा रह्यो ।