माघ २९, २०८१ मंगलबार | ०६:५२:१५
न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न
शनिबारको दिन ग्रीष्मकालीन ओलम्पिक

नेपालबाट कुन खेलमा कसले खेले ओलम्पिक ?

काठमाडौं । पेरिस ओलम्पिक २०२४ औपचारिक रूपमा शुक्रबार सुरु भइसकेको छ । फ्रान्सका विभिन्न १६ सहरमा आयोजना हुने प्रतियोगिता साउन २६ सम्म हुनेछ । प्रतियोगितामा ३२ खेलमा ३२९ इभेन्ट आयोजना हुँदै छ । ३३औं ग्रीष्मकालीन ओलम्पिकमा नेपालको पनि प्रतिनिधित्व छ ।

सन् १९६४ बाट नेपालले यात्रा सुरु गर्दा हालसम्म एकपटक मात्रै सहभागी भएको छैन । विश्व खेलकुदको महाकुम्भमा नेपाल पदकभन्दा पनि सँधै सहभागितामै चित्त बुझाउँदै आएको छ । नेपाली खेलाडी दोस्रो चरणमा पुग्नु नै ठूलो उपलब्धि मान्नुपर्छ । ओलम्पिकको सुरुआत भने सन् १८९६ देखि भएको हो ।

यसपालि ६ खेलमा सात खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यसमा ब्याडमिन्टन र टेबलटेनिसले पहिलोपल्ट नेपाली खेलाडीको सहभागिता रहने छ । टेबलटेनिसका स्यान्टु श्रेष्ठ सिधै छनोट भएर ओलम्पिक सहभागी भएका छन् । ब्याडमिन्टनका प्रिन्स दाहालले खेल्नेछन् ।

पौडीबाट डुवाना लामा र एलेक्जेन्डर शाह छन् । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, सुटिङबाट सुस्मिता नेपाल र जुडोबाट मनिता श्रेष्ठ प्रधानले सहभागिता जनाउने छन् । एथलेटिक्सकी सन्तोषीबाहेक अन्य ६ खेलाडीले उद्घाटन समारोहमा सहभागिता जनाइसकेका छन् । हालसम्म नेपालले ओलिम्पकमा सहभागिता जनाएको खेल र खेलाडी यस्ता छन्:

टोकियो ओलम्पिक, १९६४, जापान 

खेलाडी : ६

सन् १९६४ जापानमा भएको टोकियो ओलम्पिकबाट नेपालले ओलम्पिकमा सहभागिता जनाएको थियो । ६ खेलाडी सहभागी हुँदा एथलेटिक्सबाट भूपेन्द्रबहादुर सिलवाल र गंगाबहादुर थापा थिए । थप चार खेलाडी भने बक्सिङबाट नामसिंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा थिए ।

मेक्सिको ओलम्पिक, १९६८, मेक्सिको 

खेलाडी: नेपालको सहभागिता रहेन 

मेक्सिको सिटीमा आयोजना भएको सन् १९६८ को ओलम्पिकमा नेपालको सहभागिता नै रहेन ।

म्युनिख ओलम्पिक, १९७२, पश्चिम जर्मनी

१९७२ ओलम्पिकको उद्घाटन समारोह

नेपाली खेलाडी: २

सन् १९७२ पश्चिम जर्मनीमा आयोजना भएको ओलम्पिकमा नेपालबाट दुई खेलाडीको सहभागिता थियो । एथलेटिक्सका जितबहादुर केसी र भक्तबहादुर सापकोटाले नेपालको प्रतिनिधित्व गरेका थिए ।

मोन्ट्रियल ओलम्पिक, १९७६ क्यानडा

नेपाली खेलाडी: १

सन् १९७६ क्यानडामा भएको ओलम्पिकमा नेपालका एक मात्रै खेलाडी वैकुण्ठ मानन्धरको सहभागिता थियो । उनी पहिलो पटक एथलेटिक्स राष्ट्रिय टिममा स्थान बनाउँदै क्यानडा पुगेका थिए ।

मस्को ओलम्पिक, १९८० सोभियत संघ

नेपाली खेलाडी: १२ 

सन् १९८० सोभियत संघमा आयोजना भएको मस्को ओलम्पिकमा नेपालका १२ खेलाडी सहभागी भएका थिए । एथलेटिक्सबाट वैकुण्ठ मानन्धर, मुकुन्दहरि श्रेष्ठ, नरबहादुर दाहाल, रघुराज वन्त र लक्ष्मण बस्नेतले खेलेका थिए । वैकुण्ठको यो दोस्रो ओलम्पिक सहभागिता थियो । बक्सिङबाट उमेश मास्के, रविराज थापा, विष्णु मालाकार, नरेन्द्र पोमा र पुष्करध्वज शाही रहे । भारोत्तोलनबाट अशोककुमार कार्की र राजेन्द्र प्रधानले सहभागिता जनाएका थिए ।  

लस एन्जल्स ओलम्पिक, १९८४, अमेरिकानेपाली खेलाडी: ११

सन् १९८४ अमेरिकाको लस एन्जल्समा आयोजना भएको ओलम्पिकमा ११ खेलाडीको प्रतिनिधित्व थियो । एथलेटिक्सका वैकुण्ठ मानन्धर, अमिरी यादव, अर्जुन पण्डित, पुष्पराज ओझा र जोधा गुरुङ सहभागी थिए । वैकुण्ठको यो लगातार तेस्रो सहभागिता थियो । बक्सिङबाट उमेश मास्के, दलबहादुर रानामगर, प्रवीण तुलाधर र मानबहादुर श्रेष्ठले खेले । उमेशको दोस्रो ओलम्पिक सहभागिता थियो । भारोत्तोलनबाट सुरेन्द्र हमाल र जगदीश प्रधानले खेलेका थिए ।सोल ओलम्पिक, १९८८, दक्षिण कोरिया

विधान लामा

नेपाली खेलाडी: १८

सन् १९८८ दक्षिण कोरियाको सोलमा आयोजित ओलम्पिकमा नेपालबाट सर्वाधिक १८ खेलाडी सहभागी भएका थिए । एथलेटिक्सबाट सर्वाधिक सात खेलाडीमा वैकुण्ठ मानन्धर, हरिबहादुर रोकाय, कृष्णबहादुर बस्नेत, टीका बोगटी, डम्बर कु‘वर, राजकुमारी पाण्डे र मेनुका राउत थिए । 

बक्सिङबाट पाँच खेलाडीमा विष्णुबहादुर सिंह, दलबहादुर रानामगर, भपटसिंह भुजेल, रामबहादुर गिरी र डम्बरध्वज भट्ट थिए । जुडोबाट गंगाराम डंगोल र ऋषिराम प्रधान, तेक्वान्दोबाट विधान लामा र मानबहादुर तामाङ, सुटिङबाट पार्वती थापा र भारोत्तोलनबाट भरत साउदको सहभागिता थियो ।

 यस ओलम्पिकमा प्रदर्शनी खेलको रूपमा खेलाइएको तेक्वान्दोबाट  विधानले ५० केजीमुनिको तौल समूहमा कांस्य पदक जितेका थिए । ओलम्पिकमा नेपालले पाएको अहिलेसम्मकै ठूलो सफलता हो ।  तर यसलाई आधिकारिक भने मानिएको छैन । 

बार्सिलोना ओलम्पिक, १९९२, स्पेननेपाली खेलाडी :५ 

सन् १९९२ स्पेनमा आयोजित ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । तेक्वान्दोबाट सर्वाधिक तीन खेलाडीमा सीताकुमारी राई, प्रमिला थापा र नारायण गुरुङले खेलेका हुन् । एथलेटिक्सबाट हरिबहादुर रोकाय र सुटिङकी अनिता श्रेष्ठले भाग लिएका थिए ।

एटलान्टा ओलम्पिक, १९९६, अमेरिकानेपाली खेलाडी: ६ 

अमेरिकाको एटलान्टामा भएको १९९६ को ओलम्पिकमा नेपालबाट ५ खेलमा सहभागिता जनाएको थियो । एथलेटिक्समा टीकाबहादुर बोगटी र विमला रानामगर, सुटिङबाट ्िवभाश्वरी राई, पौडीबाट निश्मा गुरुङ र सीताराम शाही तथा भारोत्तोलनबाट सुनीललाल जोशीले भाग लिएका थिए ।  

सिड्नी ओलम्पिक, २०००, अस्ट्रेलिया नेपाली खेलाडी: ५

सन् २००० मा अस्ट्रेलियाको सिड्नीमा आयोजित सिड्नी ओलम्पिकमा पनि तीन खेलाडी सहभागी भएका थिए । एथलेटिक्सबाट ज्ञानबहादुर बोहरा र देवीमाया पनेरु हुन् । पौडीबाट चित्रबहादुर गुरुङ र रुना प्रधान तथा सुटिङबाट भगवती केसी सहभागी भए । एथेन्स ओलम्पिक, २००४, ग्रिसनेपाली खेलाडी:६

सन् २००४ ग्रिसमा आयोजना भएको ओलम्पिकमा नेपालबाट ६ खेलाडीको प्रतिनिधित्व थियो । एथलेटिक्सबाट राजेन्द्र भण्डारी र कान्छीमाया कोजु तथा पौडीबाट एलिस श्रेष्ठ र नयना शाक्य सहभागी भए । सिधै छनोट भएर तेक्वान्दोकी संगीना वैद्यले ओलम्पिक खेलिन् । नेपाली खेलाडी पहिलो पटक छनोटबाट ओलम्पिक खेलेको हो । सुटिङबाट टीकाराम श्रेष्ठ सहभागी भएका थिए । बेइजिङ ओलम्पिक, २००८, चीन

२००८ ओलम्पिकको मार्चपासमा सहभागी नेपाली टोली

नेपाली खेलाडी: ८

सन् २००८ चीनमा आयोजित ओलम्पिकमा ८ खेलाडीको सहभागिता रहेको थियो । तेक्वान्दोबाट दीपक विष्ट, एथलेटिक्सबाट अर्जुनबहादुर बस्नेत र चन्द्रकला थापा, पौडीबाट करिश्मा कार्की र प्रसिद्धजंग शाह, सुटिङबाट फुलमाया क्यापछापी, जुडोबाट देवु थापा र भारोत्तोलनमा कमलबहादुर अधिकारीले नेपालको प्रतिनिधित्व गरेका थिए । 

लन्डन ओलम्पिक, २०१२, बेलायतनेपाली खेलाडी: ५

सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा नेपालका ५ खेलाडीको सहभागिता रहेको थियो । त्यसमा एथलेटिक्समा टीकाराम थारु र प्रमिला रिजाल, पौडीमा श्रेया धिताल र प्रसिद्धजंग शाह, सुटिङमा स्नेह राज्यलक्ष्मी राणाले भाग लिएका थिए ।

रियो दी जेनेरियो ओलम्पिक, २०१६, ब्राजिल

नेपाली खेलाडी: ७

सन् २०१६ ब्राजिलमा भएको रियो दि जेनेरियो ओलम्पिकमा नेपालबाट ७ खेलाडीले भाग लिएका थिए । पौडीबाट गौरिका सिंह र शिरीष गुरुङले भाग लिए । गौरिका ओलम्पिककै कान्छी खेलाडी भइन् । जुडोबाट फुपूल्हामु खत्री, तेक्वान्दोकी निशा रावल, एथलेटिक्सकी  सरस्वती भट्टराई र हरिकुमार रिमाल तथा आर्चरीकी जितबहादुर मोक्तानले रियो ओलम्पिक खेलेका थिए ।  टोकियो ओलम्पिक, २०२०, जापान

२०२० ओलम्पिकको मार्चपासमा सहभागी नेपाली टोली

नेपाली खेलाडी: ५

कोरोना भाइरस महामारीका कारण एक वर्षपछि सरेर २०२१ मा भएको टोकियो ओलम्पिकमा पाँच खेलाडीले खेलेका थिए । एथलेटिक्सबाट सरस्वती चौधरी, पौडीबाट गौरिका सिंह र एलेक्जेन्डर शाह, सुटिङबाट कल्पना परियार तथा जुडोबाट सोनिया भट्ट प्रतिस्पर्धा गरे।