असार १५, २०८२ आइतबार | १०:४२:२०
पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली पाउल पोग्बा मोनाकोमा अनुबन्ध राष्ट्रिय महिला ह्यान्डबल: एपिएफ च्याम्पियन थाइल्यान्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण सानदार जित निकाल्दै चेल्सी क्वार्टरफाइनलमा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली
शनिबारको दिन पेरिस ओलम्पिक

तेस्रो पटक ओलम्पिक गरिरहेको पेरिस सहर

काठमाडौं । एक शताब्दीपछि विश्व खेलकुदको महाकुम्भ ओलम्पिक फ्रान्सको राजधानी पेरिस सहर फर्किएको छ ।

शुक्रबार सम्पन्न ३३औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोह निकै विशेष रह्यो । आधुनिक ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटन रंगशाला बाहिर गरिएको थियो ।

उद्घाटन समारोहको कार्यक्रम फ्रान्सको सबैभन्दा प्रख्यात सेन नदीमा भएको थियो । हरेक देशका खेलाडी डुंगामा सयर गर्दै समारोहमा भाग लिएका थिए ।

हरेक देशका खेलाडीलाई फरक फरक डुंगा रहेको थियो । विश्वका १० हजार ५०० खेलाडीको सहभागिता थियो । यो कुल ६ किलोमिटरको दूरीमा चलेको थियो ।

पेरिस ओलम्पिकमा ३२ खेलका ३२० स्पर्धा समावेश गरिएको छ । जसमा सात नेपाली खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । यसपटक ब्रेकडान्सिङ नयाँ खेलको रूपमा थपिएको छ ।

पेरिसले ग्रीष्मकालिन ओलम्पिकको तेस्रो पटक आयोजना गरिहेको छ । यो अवसर प्राप्त गर्ने पेरिस सहर लन्डनपछि दोस्रो हो ।

यसअघि पेरिस सहरले सन् १९०० र १९२४ को ओलम्पिक आयोजना गरेको थियो ।

पेरिस ओलम्पिक इतिहास

सन् १९००

पेरिसले सन् १९०० मा दोस्रो संस्करणको ओलम्पिक आयोजना गरेको थियो । यो ओलम्पिकमा पहिलो पटक महिला खेलाडीले सहभागिता जनाएका थिए ।  

मे १४ देखि २८ अक्टोबरसम्म भएको प्रतियोगितामा सहभागी १२ हजार २२६ मध्ये महिला खेलाडीको संख्या २२ थियो ।

२६ देश सहभागी यो ओलम्पिकमा १९ खेलका ९५ स्पर्धा समावेश गरिएको थियो । आयोजक फ्रान्स २७ स्वर्ण, ३८ रजत र ३७ कांस्य पदकसाथ शीर्षस्थानमा रह्यो । ओलम्पिकको इतिहासमा एक पटक मात्र आयातकार पदक प्रदान गरिएको छ । त्यो थियो सन् १९०० । फ्रेडरिक भर्ननले यी पदकको डिजाइन गरेका थिए। त्यतिबेला यसको निकै चर्चा भएको थियो ।  यो ओलम्पिकमा सबैभन्दा धेरै फ्रान्सबाट ७२० तथा सबैभन्दा कम भारत, इरान, रोमानिया र पेरुबाट समान १ खेलाडीले सहभागिता जनाएका थिए ।

सन् १९२४

पेरिसले सन् १९२४ मा दोस्रो पटक ओलम्पिक आयोजना गरेको थियो । जुलाई ५ देखि २७ सम्म भएको प्रतियोगितामा १९ खेलमा १२६ स्पर्धा समावेश गरिएको थियो ।

४४ देशका ३ हजार ८९ खेलाडीले सहभागिता जनाउँदा १३५ महिला खेलाडी थिए । अमेरिका ४५ स्वर्ण, २७ रजत र २७ कांस्य पदक जित्दै शीर्षस्थानमा रह्यो ।

आयोजक फ्रान्सले भने १३ स्वर्ण, १५ रजत र १० कांस्य पदकसहित तेस्रो स्थान हासिल गरेको थियो । यो ओलम्पिकमा सबैभन्दा धेरै आयोजक फ्रान्सबाट ४०१ तथा सबैभन्दा कम फिलिपिन्सबाट १ खेलाडीले सहभागिता जनाएका थिए ।