भाद्र २३, २०८१ आइतबार | ०५:१६:०९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन ग्रीष्मकालीन ओलम्पिक

पेरिसमा सनसनी ल्याउन सक्ने पाँच चिनियाँ खेलाडी

काठमाडौं । तीन वर्षअघि टोकियोमा भएको ग्रीष्मकालीन ओलम्पिकमा चीनले पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो । पदक तालिकामा चीनभन्दा अघि अमेरिकामात्र थियो । यस कारण पेरिसमा चीनले गत संस्करणको तुलनामा केही पदक थप्ने अनुमान छ ।

पेरिस ओलम्पिकमा हेर्नलायक पाँच चिनियाँ खेलाडी यस्ता छन्:

पान झान्ले (पौडी)

यसै वर्षको सुरुमा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा अपार सफलता पाएपछि १९ वर्षीय झान्ले फ्रान्सको राजधानी पेरिसमा ओलम्पिकका लागि पुगेका छन् । चर्चित स्टारहरू ओलम्पिक तयारीमा हु“दा च्याम्पियनसिप नखेलेका कारण पनि उक्त प्रतियोगितामा बलियो प्रतिस्पर्धा थिएन । तर, यी टिनएजरको प्रदर्शन उम्दा थियो । च्याम्पियनसिपमा झान्लेले चार स्वर्ण जिते । जसमा १०० मिटर फ्रिस्टाइल पनि समावेश थियो । चीनको ४ गुणा १०० फ्रिस्टाइलमा उनले ४६.८० सेकेन्डको विश्व कीर्तिमान पनि कायम गरे ।

‘जब मैले समय देखें, म चकित थिएँ । मैले अहिले नै विश्व रेकर्ड तोड्छु भन्ने सोचेको थिइनँ,’ उनले भने, ‘म यो पेरिस ओलम्पिकका लागि छोड्न चाहन्थें ।’

क्वान होङ्चान (डाइभिङ)

चीनका डाइभर्स होङ्चानले टोकियोमा आठ पदकमध्ये एउटा छोडेर सबै जितेकी थिइन् । उक्त एउटा पदक भने बेलायतले जितेको थियो । टोकियोकै प्रदर्शनका आधारमा पेरिसमा पनि चिनियाँ डाइभर्सको दबदबा रहेन अनुमान छ ।

चिनियाँ डाइभर्सको टिम प्रतिभाले भरिएको छ । यसमध्ये १७ वर्षीय होङचान अलग छिन् । उनले अहिलेसम्म पाँच विश्व उपाधि जितिसकिन् र टोकियोमा पनि १० मिटर प्लेटफर्मममा उनले स्वर्ण जितेकी थिइन् । त्यसबेला उनको उमेर १४ वर्षको मात्रै थियो । गरिब परिवारमा जन्मिएकी होङ्चान परिवारको पाँचौं सन्तानमध्ये एक हुन् । उनको बुवा सुन्तला खेती गर्ने कृषक हुन् । आमा सडक दुर्घटनाबाट थलिनुअघि एक उद्योगमा कार्यरत थिइन् । आमाको अस्पतालका बिल तिर्न भए पनि होङ्चान पेरिस ओलम्पिकमा स्वर्ण जित्न प्रेरित छिन् ।

सी युकी (ब्याडमिन्टन)

युकीको करियर उथलपुथलपूर्ण देखिन्छ । तर, ओलम्पिकमा यात्रालाई भने उनले पूर्णतामा पुर्याएका छन् । कुनै समय ओलम्पिकका पूर्वच्याम्पियन लिन डानको उत्तराधिकारीको रूपमा हेरिएका युकी टोकियोको क्वाटरफाइनलमा भिक्टोर एक्सेल्सेनसँग राम्रोसँग पराजित भए । त्यसपछि उनी लगभग एक वर्षजस्तो सबै प्रतियोगिताबाट हराए । तर, उनले सन् २०२२ को अन्तिमतिर कोर्टमा पुनरागमन गरे ।

एक खेलका क्रममा म्याच प्वाइन्टमा रिटायर्ड भएको अनौठो घटनापछि चिनियाँ ब्याडमिन्टनका उच्च अधिकारीहरूले उनलाई निलम्बन गरेका थिए भन्ने कुरा बाहिर आएको छ । युकीमाथि अभद्र व्यवहारको आरोप थियो । उनी निलम्बनमा परेका थिए । अहिले जुनमा २८ वर्षीय युकीले डेनमार्कका एक्सेल्सेनलाइ पछि पार्दै विश्व वरीयताको नम्बर एकमा पुगेका छन् । पहिलो पटक शीर्ष स्थानमा उक्लिएका युकीले पेरिसमा देशका निम्ति स्वर्ण जित्ने सम्भावना उच्च छ ।

झेन क्विनवेन (टेनिस)

जनवरीमा अस्ट्रेलियन ओपनको फाइनलमा पुगेसँगै क्विनवेन चिनियाँ खेलकुदको सबैभन्दा ठूलो स्टारका रूपमा उदाएकी थिइन् । डेब्यु ग्रान्ड स्लाममै फाइनलसम्म पुगेका क्विनवेन वरीयतामा समेत शीर्ष १० भित्र स्थान बनाउन सफल भइन् ।

अस्ट्रेलियन ओपनको फाइनलमा भने आर्यना सबालेन्कासँग क्विनवेन ६-३, ६-२ ले पराजित भएकी थिइन् । तर, प्रतियोगिताको खेलहरूमा देखाएको प्रदर्शनले लामो समयदेखि क्विनवेन प्रतिभाशाली खेलाडी बताउँदै आएका खेलविज्ञको कुरा पुष्टि हुन्छ । उक्त प्रतियोगितापछि क्विनवेन आफ्नो करियरकै सबैभन्दा उच्च सातौं वरीयतामा पुगेकी थिइन् । क्ले कोर्टको पालेर्मो ओपनको उपाधि रक्षा गर्दै क्विनवेन पेरिस आएकी हुन् । क्विनवेन कोर्ट बाहिर पनि ठूलो नामको रूपमा परिचित बन्दैछिन् । विश्वका मुख्य ब्रान्डसँग सम्झौता र उच्च स्तरको फेसन म्यागजिनहरूको कभरमा पनि क्विनवेनलाई देख्न सकिन्छ ।

मा लङ (टेबलटेनिस)

३५ वर्षीय लेजेन्ड लङले यस खेलका सबैखाले मुख्य प्रतियोगिताको उपाधि जितेका छन् । जसमध्ये केही प्रतियोगिताहरू उनले दोहोर्याएर समेत जितेका छन् । लङसँग अहिले नै पाँच ओलम्पिक स्वर्ण पदक छ । यसमा दुई एकल र तीन टिम इभेन्टमा पदक जितेका छन् । लङ तीन पटकको विश्व एकल च्याम्पियनसमेत हुन् । सम्भवतः अन्तिम ओलम्पिक खेल्ने तयारीमा रहेका लङले टिम इभेन्टमा मात्र प्रतिस्पर्धा गर्नेछन् ।

 चीनले पेरिसमा लङको टिम इभेन्टमात्र प्रतिस्पर्धा हुने जनाएपछि उनले एकलतर्फ उपाधि रक्षा गर्ने अवसर पाउने छैनन् । लङको स्थानमा विश्व नम्बर एक वाङ चुकिनले पुरुष एकलमा चीनको अगुवाई गर्नेछन् । चीन निःसन्देश टेबलटेनिसको सुपर पावर हो । ओलम्पिकको इतिहासमा चीनले ३६ स्वर्ण जितेको छ । चीनबाहेक ओलम्पिकमा टेबलटेनिसतर्फ स्वर्ण जित्नेमा दक्षिण कोरियाका तीन, जापान र स्विडेनका समान एक जनामात्र छन् ।