मंसिर २१, २०८१ शुक्रबार | १३:१९:१४
पोखराविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा पोखराविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा

आयोग र विनोदको विजयी सुरुआत

सातदोबाटो । जेनेक्सका आयोग घिसिङ अछामका विनोद नागार्जेले राष्ट्रव्यापी जुनियर तथा विधालयस्तरीय छात्र/ छात्रा बक्सिङ प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।  

नेपाल बक्सिङ संघको आयोजनामा  शुक्रबारबाट सुरु प्रतियोगिताको जुनियर ५२ किलो तौल समुहमा आयोगले भाइबका सफल श्रेष्ठलाई ३ः२ को स्पलिट डिसिजनको आधारमा पराजित गरे ।

यसैगरि ५७ किलो तौल समुहमा विनोदले आरएससीको आधारमा आर्यन फिटनेशका सोनम लामालाई दोस्रो राउन्डमै हराए ।

 ६३ किलो तौल समुहमा एबिसीका युनिक राईले फाइट प्रमोशनका लियो बरदान नर्सिङ राणालाई ३ः२ तथा सुनसरीका दिहाङ्ग लिम्बुले उदयपुरका एलन राईलाई पहिलो राउडमै आरएससीको आधारमा पराजित गरे । भाइबका सरिन श्रेष्ठले एनएफसीका रोयन वैदारलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा निरास बनाए ।

जुनियर छात्रातर्फ ४६ किलोतौलमा दमकका दिप्सा काम्बाङ्गले बक्समाण्डुका हसिना डंगोललाई पहिलो राउन्डमै आरएसीका आधारमा हराए ।

स्कुल छात्रा ४९ किलो तौलतर्फ भक्तपुरका सायरा गासाईले सिजीजीका सेलेक्सी बम्जनलाई ५ः० युनानिमस डिसिजनका आधारमा हराइन् ।

स्कुल छात्रतर्फको ४६ किलो तौल समुहमा एबिसीका अनिस राईले थानकोटका प्रकट महर्जन , सुनसरीका कुञ्जन थापाले बानुजका आशुतोष सुवेदी तथा झापाका लगेहांग लिम्बुले फाईटका रोशन शेर्पालाई  लाई ५ः० को आधारमा पराजित गरे ।  

४९ किलो तौल समुहमा भाइबका सम्पूर्ण अधिकारीले स्वीटका अनिमेश महरलाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । छात्र ५२ किलो तौल समुहमा केबीएका अंकीत कार्कीले सुनसरीका नवाङ्ग लिम्बुलाई ५ः० अन्तरको आधारमा हराइन् ।

साउन १४ गते सम्पन्न हुने प्रतियोगितामा जुनियरतफै आठ महिला र ८२ पुरुष तथा विद्यालयतर्फ ४४ छात्र र १४ छात्राले सहभागिता जनाएका छन् ।

यो प्रतियोगिताबाट अगस्ट २७ देखि सेप्टेम्बर १० तारिखसम्म युएईमा संचालन हुने एसियन जुनियर तथा स्कुल ब्वाइज र गर्ल्स  प्रतियोगितका लागि खेलाडी छनोट गरिनेछ।

 


भिडियो
काभा क्लब च्याम्पियनसिपमा सबै टिम बलिया छन् । सर्भिसमा राम्रो गर्न सके जित्छौं II UTSHAV KHADKA
पाकिस्तानी खेलाडी मुबासर राजा : नेपाललाई CAVA Championship जिताउँछौं । TIP TOP HELP NEPAL
मैदान मै गएर Nepal Premier League हेरेका दर्शकहरुको प्रतिक्रिया NPL
हेल्प नेपालका कप्तान सञ्जुविक्रम शाह भन्छन्, ‘स्पाइक राम्रो छ, काभा क्लब च्याम्पियनसिप जित्छौं’ CAVA
एनपिएलकै धेरै विकेट लिने चाहना छः Lalit Rajbanshi
बिहानै देखि म म्याच जिताउँछु भनेर टोलीका सबैलाई भनिरहेको थिएँ : LOKESH BAM II BIRATNAGAR KINGS NPL
Ben Cutting अस्वस्थ थिए, त्यसैले अन्तिम ओभर Bibek Yadav लाई दिएको हुँ : Rohit Paudel LUMBINI LIONS