भाद्र २३, २०८१ आइतबार | ०५:१६:३३
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन पेरिस ओलम्पिक

पेरिस ओलम्पिकमा देखिने ‘ग्लोबल स्टार’

सिड्नी । यसपालिको पेरिस ओलम्पिकमा विश्वभरका १० हजार ५०० खेलाडी ३२ खेलमा भिड्दै छन् । पेरिसले आयोजना गरिरहेको ओलिम्पिकमा प्रतिस्पर्धा गर्ने ती खेलाडीमध्ये केही यस्ता खेलाडी छन्, जसलाई ‘ग्लोबल स्टार’ मान्न मिल्छ । तिनको चर्चा यहाँ गरिनेछ:

लियोन मर्चान्ड (फ्रान्स), पौडी

पाँच पटकका विश्व विजेता लियोन मर्चान्डलाई यसपल्टको ओलम्पिक पौडीको मुख्य आकर्षण मानिएको छ । २२ वर्षीय मर्चान्ड अमेरिकी विश्वविद्यालयमा कम्प्युटर साइन्सका विद्यार्थी हुन् । जब उनी विश्वविद्यालयमा हुँदैनन्, तब उनलाई पौडी पोखरीमा देखिन्छ । जहाँ उनी कीर्तिमान भंग गरिरहेका हुन्छन् ।

कतिसम्म भने उनले विश्व पौडीले महान् मानेको माइकल फेल्प ४०० मिटर मिड्लेमा राखेको कीर्तिमान पनि भंग गरेका छन् । गत वर्ष भंग हुनुअघि यो कीर्तिमान फेल्पको नाममा १५ वर्षसम्म रहेको थियो ।

मर्चान्ड परिवारमा लियोन एक्लो ओलम्पियन होइनन् । उनका मातापिता दुवै ओलम्पिक खेलेका पूर्व पौडीवाज हुन् । भलै, जेभियर र सेलिन मर्चान्डले छोराको जति सफलता हात पारेका थिएनन् । जुनियर मर्चान्ड २०० मिटर र ४०० मिटर मिड्लेसँगै २०० मिटर बलरफ्लाईका विश्व च्यामिपयन हुन् । ओलम्पिकमा उनको नजर २०० मिटर ब्रेस्टस्ट्रोकमा पनि छ ।

यदि मर्चान्ड २०० मिटर मिड्ले र २०० मिटर ब्रेस्टस्ट्रोक दुवैमा विजेता बन्न चाहन्छन् भने उनले एकै दिन दुई प्रतिस्पर्धामा होमिनुपर्नेछ । यसका लागि उनलाई प्रशिक्षक बब बोउमनले तयार पारिरहेका छन् । बउमन तिनै प्रशिक्षक हुन्, जसले फेल्पलाई पनि प्रशिक्षण दिएका थिए ।

सिमोन बाइल्स (अमेरिका), जिम्न्यास्टिक

तीन वर्षअघि विश्व खेलकुदले सोचेको थियो, ओलम्पिक जिम्न्यास्टिकले सबैभन्दा सफल खेलाडी अब गुमाउन लागेको छ । किनभने सिमोन बाइल्सले टोकियोमा कयौं इभेन्टबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् । उनले जसोतसो बिममा कांस्य पदक जितेकी थिइन् । जुन उनको ओलम्पिक करियरको सातौं पदक थियो ।

त्यसपछि उनी केही समय जिम्न्यास्टिकबाट टाढा भइन् । गत जुन, २०२३ बाट उनले खेलमा पुनरागमन गरेकी छन् । त्यसपछि उनले जिम्न्यास्टिकको विश्व प्रतिस्पर्धामा पाँच पदक हात पारिसकेकी छन् । त्यसमा चार स्वर्णसम्मिलित छ । चोटले बारम्बार दुःख दिइरहे पनि उनले हार मानेकी छैनन् ।

‘टोकियोमा जे भयो भयो । अब त्यो स्थिति आउन नदिन म शारीरिक र मानसिक रूपमा तयार छु,’ बाइल्सले भनेकी छन् ।

नोभाक जोकोभिच (सर्बिया), टेनिस

नोभाक जोकोभिच २४ पटक ग्रान्ड स्लाम जितेका खेलाडी हुन् । यतिले त उनलाई पुग्नुपर्ने हो । तर, उनी अर्को ठूलो पुरस्कारको पछाडि दौडिइरहेका छन् । त्यो हो, ओलम्पिकमा स्वर्ण । उनलाई मात्र होइन, धेरैलाई लागेको यही हो, ओलम्पिकमा स्वर्ण नजिती जोकोभिचको करियर पूर्ण हुँदैन ।

जोकोभिच आफैंले पनि धक नमानी भनेका छन्, मलाई ओलम्पिकमा स्वर्ण नजिती भएको छैन । पेरिसमा सफल भए जोकोभिचको गोल्डेन स्लाम सपना पूरा हुनेछ । यो सपना टोकियोमा पूरा हुने सम्भावना थियो, यदि उनी सेमिफाइनलमा नहारेको भए ।

३७ वर्षीय जोकोभिच जापानी भूमिमा कांस्य पदकको प्रतिस्पर्धामा समेत हार्न पुगेका थिए । त्यसबेलाको असफलतालाई किनारा गर्दै पेरिसमा इतिहास रच्न जोकोभिच सफल होलान् ? त्यो पनि जतिबेला उनी आशा गरिएको लयमा छैनन् । चोटका कारण फ्रेन्च ओपनमा क्वाटरफाइनलभन्दा अघि बढ्न नसकेका उनी विम्बल्डनको उपाधि भिडन्तमा असफल भएका थिए ।

पूर्ण रूपमा फिट हुन संघर्षरत जोकोभिचले शरीरमाथि नियन्त्रण पाए विशेष उपलब्धि हासिल गर्न उनलाई रोक्न सक्ने कमै विपक्षी हुनेछन् । फेरि उनीसँग बेइजिङ ओलम्पिकमा रजत जितेको अनुभव त छ । जुन पेरिसमा काम लाग्न सक्छ ।

केटी लेडेकी (अमेरिका), पौडी

अमेरिकी पौडीवाज केटी लेडेकी सात पटककी ओलम्पिक च्याम्पियन हुन् । यसपालि पेरिसमा एक स्वर्ण थपे, उनी ओलम्पिक पौडीमा सर्वाधिक सफल महिला खेलाडी बन्नेछिन् । यो उपलब्धि हाल अमेरिकाकै जेन्नी थोम्पसनको नाममा छ ।

२७ वर्षीया लेडेकीले चार इभेन्टमा प्रतिस्पर्धा गर्ने अनुमान छ । उनी ४०० मिटर फ्रिस्टाइल, ८०० मिटर फ्रिस्टाइल, १५०० मिटर फ्रिस्टाइल र २०० सय मिटर फ्रिस्टाइल रिलेको प्रतिस्पर्धामा उत्रन सक्छिन् ।

ओलम्पिकमा १० पदक हात पारिसकेकी लेडेकीले दुई पदकमात्र थप्न सके थम्पसनको कीर्तिमानसँग बराबर हुनेछ । लेडेकीले कम्तीमा ८०० मिटर र १५०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्ने आँकलन छ ।

नोआ लायल्स (अमेरिका), एथलेटिक्स

अमेरिकी स्प्रिन्टर नोआ लायल्सले यसपालि साँच्चै ठूलो सपना साचेका छन् । लायल्स एकै ओलम्पिकमा चार स्वर्ण पदक जित्ने पहिलो पुरुष खेलाडी बन्ने धुनमा छन् । उनी १०० मिटर, २०० मिटर तथा रिलेतर्फ १०० मिटर र ४०० मिटर दौड स्पर्धामा दौड्दै छन् । लायल्ससँग विश्व च्याम्पियनसिपअन्तर्गत व्यक्तिगत १०० मिटर र २०० मिटर अनि १०० मिटर रिलेमा स्वर्ण जितेको अनुभव छ । उनी अब अमेरिकाको ४०० मिटर रिलेमा दौडिने टिमको हिस्सा बन्ने लालचमा छन् ।

लायल्सको लोभ यतिमै सीमित छैन । उनी उसेन बोल्टको कीर्तिमान भंग गर्ने लक्ष्यमा पनि छन् । उनले सार्वजनिक रूपमै बोल्टको १०० मिटर र २०० मिटर दौडको कीर्तिमान भत्काउने चाहना व्यक्त गरिसकेका छन् । टोकियोमा २०० मिटरको प्रस्पिर्धामा रजत जितेका लायल्सले त्यसपछिका विश्व स्तरीय प्रतियोगिताहरूमा सनसनी मच्चाउँदै आएका छन् । विश्व एथलेटिक्सलाई नजिकबाट नियाल्नेहरू भन्छन्, लायल्ससँग बोल्टको संन्यासले सिर्जना गरेको खाडल पुर्ने तागत छ ।

फेथ किप्योगन (केन्या), एथलेटिक्स

१५०० मिटर दौडको स्पर्धामा दुई पटक ओलम्पिक स्वर्ण जितेकी केन्याली धाविका फेथ किप्योगन पेरिसमा जगमगाउने लक्ष्यमा छिन् । ‘पेरिसको गर्मी मेरा लागि सुखद रहने आशा छ,’ किप्योगनले भनेकी छन् ।

३० वर्षीया किप्योगन दुई स्वर्ण जित्ने लक्ष्यमा छिन् । गत वर्ष विश्व च्यम्पियनसिपमा १५०० र ५ हजार मिटर दौडमा विजेता बनेकी उनी पेरिसमा यी दुवै स्पर्धामा पहिलो बन्ने धुनमा रहनेछिन् । कुनैबेला ५ हजार मिटरको दौडमा विश्व कीर्तिमान राखेकी उनी १६ वर्षको उमेरबाट यो खेलमा लागेकी हुन् । खाली खुट्टा दौडिएर सन् २०११ को विश्व क्रसकन्ट्री च्याम्पियनसिपमा स्वर्ण जितेकी किप्योगनलाई बलियो मानसिकता भएकी खेलाडी मानिन्छ ।

किप्योगन सन् २०१८ मा आमा बनेकी थिइन् । आमा बनेपछि आफू मानसिक रूपमा थप बलियो बनेको किप्योगनको अनुभव छ । यसको प्रमाण उनले त्यसपछिका चार विश्व च्याम्पियनसिपमध्ये तीनमा विजेता बनेर प्रस्तुत गरिसकेकी छन् ।

नीरज चोपडा (भारत), एथलेटिक्स

विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको भारतमा केही थोरै खेलाडी छन्, जसलाई सुपरस्टार मान्न सकिन्छ । तिनैमध्ये एक हुन्, नीरज चोपडा । इन्स्टाग्राममा मात्र उनका ९० लाख फलोअर छन् ।

ओलम्पिकमा ट्र्याक एन्ड फिल्डको प्रतिस्पर्धामा स्वर्ण जित्ने एक्लो भारतीय बनेका चोपडा पेरिसमा आफ्नो सफलताको रक्षा गर्ने लक्ष्यमा छन् । उनले टोकियो ओलम्पिकमा ज्याभलिन थ्रोतर्फ स्वर्ण जित्नुअघि कोही एसियाली खेलाडी यो सफलता हात पार्न सकेका थिएनन् ।

यसपालिको ओलम्पिकमा पनि स्वर्ण जित्ने भए नीरजले बाँकी विश्वका प्रतिस्पर्धीलाई त उछिन्नुपर्ने नै छ, छिमेकी पाकिस्तानका खेलाडीलाई पनि हराउनुपर्नेछ । पाकिस्तानका ती खेलाडी हुन्, अर्शाद नदिम ।

नदिम आफैंमा माझिएका खेलाडी हुन् । पाकिस्तानी खेलकुदले पाएको पछिल्लो स्टार खेलाडी नदिम टोकियो ओलम्पिकका लागि छनोट भएका थिए । उनीअघि पाकिस्तानबाट कोही पनि ट्र्याक एन्ड फिल्डको प्रतिस्पर्धामा खेलाडी छनोट हुन सकेको थिएन ।

गएको विश्व च्याम्पियनसिपमा नीरजले स्वर्ण जित्दा रजत हात पारेका नदिम ओलम्पिकमा पाकिस्तानलाई एथलेटिक्समा पहिलो स्वर्ण दिलाउने लक्ष्यमा छन् ।

स्टिफन करी (अमेरिका), बास्केटबल

अमेरिकी बास्केटबल लिग एनबीएले महान् मानेका खेलाडीको सूचीमा स्टिफन करी पनि पर्छन् । सन् २००४ पछि पुरुष बास्केटबलमा लगातार स्वर्ण जितेको अमेरिकी टिमको हिस्सा बन्न उनै करी पेरिस पुगेका छन् । पेरिस ओलम्पिक करीका लागि पहिलो ओलम्पिक अनुभव हुनेछ ।

१६ पटक स्वर्ण जितेको अमेरिका यसपालि पनि पहिलो हुने लक्ष्यमा छ । अमेरिकालाई यो लक्ष्यमा सफल बनाउन सके करीको आफ्नो करियर पनि पूर्ण हुनेछ । चार पटक एनबीए जितेका करी त्यहाँ दुई पटक सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । दुई पटक विश्वकप विजेता पनि बनेका करीले जित्न बाँकी महत्त्वपूर्ण प्रतिस्पर्धा ओलम्पिकमात्र हो ।

करीसँगै लेब्रोन जेम्स पनि अमेरिकी टिममा हुनेछन् । एनबीएमा सर्वाधिक प्वाइन्ट जितेका जेम्स सन् २०१२ पछि पहिलो पटक ओलम्पिकमा देखिन लागेका हुन् । अलस्टार अमेरिकी टिममा केभिन डुरान्ट पनि छन् । जो ओलम्पिकमा लगातार चार स्वर्ण जित्ने पहिलो पुरुष बास्केटबल खेलाडी बन्ने धुनमा छन् ।