मंसिर २७, २०८२ शनिबार | ०१:०५:४१
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं । तेस्रो सीई कर्पोरेट टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ।

शनिबार बुढानिलकण्ठको चुनिखेलस्थित ‘रोयल स्पोट्र्स पार्क’मा सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले रास्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।

बाणिज्यले दिएको ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रील ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

क्लाउड फ्याक्ट्रीको लागि ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए । यस्तै सुबोध ढुंगेलले १५, चन्द्र कुमार राईले ११ तथा सबिन डीसीले ५ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गरेको बाणिज्यले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो ।

बाणिज्यका लागि ओपनर बिबेक श्रेष्ठले सर्वाधिक ३१ रन जोड्दा कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए ।

उपाधि विजेता क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार रुपैयाँ तथा उप–विजेता बाणिज्यले ५० हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । 
त्यस्तै उत्कृष्ट ब्याटर सलिकोका स्पन्दन न्यौपाने, उत्कृस्ट बलर सिद्धार्थ बैंकका सन्जिब मदैया, उत्कृष्ट विकेटकिपर सिद्धार्थ बैंकका ब्रिज नन्दन तिवारी घोषित भए । सबैले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

‘मस्ट चियर्ड टिम’को अवार्ड एनएलजी इन्सुरेन्सले हासिल गर्यो । यस्तै हिमालयन एभरेष्ट इन्सुरेन्स ‘फेयर प्ले टिम’को घोषित हुँदा ‘इनर्जेटिक टिम’को अवार्ड सानिमा जीआईसी इन्सुरेन्सले हासिल गर्यो ।

सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोट्र्सको सहकार्यमा दुई दिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागिता थियो ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II