कार्तिक २३, २०८२ आइतबार | १३:०५:०६
हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो

हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौं । हङकङ सुपर सिक्सेस अन्तर्गत बाउल लिगको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सँग ४३ रनको हार बेहोरेको छ । योसँगै हङकङ सिक्सेसमा नेपालको यात्रा टुंगिएको छ ।

युएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा चार विकेट गुमाउँदै मात्र ८६ रन बनाउन सक्यो । नेपालका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै सन्दीप जोराले ३१ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईका लागि मुहम्मद फरुकले दुई विकेट लिए । त्यस्तै निलान्स केस्वानी र साघिर खानको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईका लागि केस्वानीले ५० रन बनाए । त्यस्तै जाहिद अलीले ३० र फरुकले २४ रन बनाए ।

नेपालका लागि रसीद खानले दुई तथा रुपेश सिंह र लोकेश बमले एक–एक विकेट लिए ।

यही खेलमार्फत नेपाली क्रिकेटका भेट्रान खेलाडी शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
 


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।