भाद्र २३, २०८१ आइतबार | ०५:१९:३७
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

‘अल फोर बल’को दुई दिने युवा नेतृत्व कार्यक्रम सम्पन्न

काठमाडौं । खेलकुदमार्फत युवा नेतृत्वको विकास मुख्य लक्ष्य बोकेको गैरनाफामुलक संस्था ‍‘अल फोर बल नेपाल’ले दुई दिने युवा नेतृत्व कार्यक्रम सम्पन्न गरेको छ ।

युवा नेतृत्व विकासमार्फत विद्यालयमा खेलकुद गतिविधिहरु प्रभावकारी ढंगमा सञ्चालन गर्ने उद्देश्यसहित ‘अफ फोर बल नेपाल’ले श्रावण ९ र १० गते कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाका १० सामुदायिक विद्यालयका करिब १२० विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन समारोह ललितपुर महानगर वडा नं.६, सानोगाउँस्थित भानोदय आधारभुत विद्यालयमा भएको थियो ।

पहिलो दिनको पहिलो सत्रमा ‘खेलकुदमार्फत युवा नेतृत्व’ शिर्षकमा छलफल कार्यक्रम भएको थियो । जसमा सहभागी विद्यार्थीले विद्यालयमा खेलकुद गतिविधिहरु सञ्चालनका क्रममा हासिल गरेका उपलब्धि, सामना गर्नुपरेका चुनौती र भावि योजनाका आफ्ना विचारहरु राखे ।

दोस्रो सत्रमा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । जसमा विश्वामित्र मावि, एभिएम, श्रृंगेरी माविका विद्यार्थीले खेलकुदमार्फत व्यक्तित्व विकास, व्यवहार परिवर्तन, नेतृत्व विकास र भावि योजनामा केन्द्रित रहेर परिवर्तनका कथाहरु सुनाए । सहभागी सबैले कथा सुनेपछि प्यानलमा रहेका चार विद्यार्थीले यसको सम्बोधन पनि गरेका थिए ।

अन्तिम सत्रमा खेल भावना विकास होस् भन्ने उद्धेश्यका साथ सामुहिक खेलहरु खेलाइयो ।

कार्यक्रमको दोस्रो दिन विद्यार्थीहरु ५ घण्टाको पैदलयात्रामा हर्षोल्लासका साथ सहभागी भए । पैदलयात्रा कार्यक्रमस्थल भानोदय आधारभुत विद्यालयबाट सुरु भएर गोदावरी नगरपालिका वडा नं २ विशंखुनारायणस्थित विशंखुनारायण मन्दिर, वडा नं. १ गोदामचौरस्थित मुक्तिनाथ धाम १०८ धारा हुँदै पुनः कार्यक्रमस्थल फर्कँदै टुंगिएको थियो ।

कार्यक्रमको समापनमा विद्यार्थीहरु अन्तरक्रिया कार्यक्रम र सामुहिक नेतृत्वका गतिविधिहरुमा सहभागी भए ।

दुई दिने कार्यक्रममा महेन्द्रग्राम माविका प्रधानाध्यापक भरत बाबु खनाल र उमेर समूहमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरिसकेका अशिम भुसालको सहभागिता थियो । दुवैले खेलकुदमार्फत युवा नेतृत्व विकासका विषयमा आफ्ना विचार राखेका थिए ।

त्यस्तै कार्यत्रममा विद्यार्थीको हौसला बढाउन अक्सब्रिज इन्टरनेशनल कलेजका प्रतिनिधिले पनि सहभागिता जनाए ।

अनौपचारिक रुपमा ५ वर्षअगाडि सुरु भएको ‘अल फोर बल’ सन् २०२१ अक्टोबर २१ मा औपचारिक रूपमा स्थापना भएको हो ।‘सबै युवाका लागि खेलकुद’ भन्ने मूल नारा रहेको यस संस्थाको मुख्य उद्देश्य भनेकै खेलकुदमार्फत युवा नेतृत्वको विकास होस् भन्ने हो ।

अहिले संस्थामा विभिन्न ठाउँका १० युवा राजदूत छन् । उनीहरु हुन् आरोन बस्नेत, रुजुला श्रेष्ठ, रोहन श्रेष्ठ, निर्भय प्रधान, प्रनभ श्रेष्ठ, रैमा प्रधान, जाना मल्ल, सिद मल्ल, जस्मिन स्थापित र इशारा श्रेष्ठ । यी युवा राजदूतहरुले संस्थाको मातहतमा रहेर कुनै एउटा परियोजनाको नेतृत्व गर्ने गर्छन् । यसका लागि उनीहरुले आफै रचनात्मक तरिकाले आवश्यक कोष सङ्कलन गर्छन् ।

लीना र आरोनसँगै ६ सदस्यीय टोलीले सम्पूर्ण कार्यहरू सम्हालिरहेका छन् । संस्थाको कोषाध्यक्षमा सर्जु राजभण्डारी, सचिवमा रपना श्रेष्ठ, निर्देशकमा सगेन्द्र श्रेष्ठ र खेलकुद संयोजकमा राजेन्द्र देशार छन् ।

संस्थाले बास्केटबल, फुटबलको निःशुल्क रूपमा प्रशिक्षण गराउँदै आएको छ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024