माघ १७, २०८२ शनिबार | ११:३४:२२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

पुल्चोकको पहिलो हार

काठमाडौं । पुल्चोक स्पोर्टस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो पराजय ब्यहोरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार पुल्चोक मनोहरा युनाइटेड युथ क्लबसँग ४-१ ले निरास बन्यो ।

लगातार तेस्रो जितसँगै चार खेलमा नौ अंक जोडेको मनोहरा चौथो स्थानमा उक्लिएको छ । पराजित पुल्चोक समान खेलबाट नौ अंकका साथ दोस्रो स्थामा छ ।

मनोहरालाई जित दिलाउन सञ्जय श्रेष्ठले दुई तथा विवस मगर र लिलाबहादुर थापाले समान एक गोल गरे । पुल्चोकका लागि सिरबलो तामाङले एक गोल फर्काए ।

खेलको २४औं मिनेटमा सञ्जयको गोलमार्फत मनोहराले अग्रता लियो । उत्तम शाहीको हेडरलाई पुल्चोकका रक्षकले गोल लाइबाट बचाए पनि रिबाउन्डलाई सञ्जयले पोस्टको दिशा दिए । आविष्कार खड्काकाे क्रसमा उक्त मुभ बनेको थियो ।

पुल्चोकले १० मिनेटपछि नै बराबरी गर्ने सुनौलो अवसर गुमायो । सलिल ढकालले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उत्तमले सिरबलो तामाङलाई लडाएपछि पुल्चोकले पेनाल्टीको अवसर पाएको थियो । तर सलिलको प्रहार आकाशिन पुग्यो ।

५१औं मिनेटमा विवसले टोलीको अग्रता दोब्बर बनाए । उनले आविष्कारको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

लिलाले ७८औं मिनेटमा सञ्जयको थ्रु पासलाई गोलमा परिणत गर्दै मनोहराको अग्रता ३-० बनाए । एक मिनेटपछि नै सिरबले पुल्चोकका लागि सान्त्वना गोल गरे ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सञ्जयले ब्यक्तिगत दोस्रो गोल गर्दै मनोहरालाई ४-१ को सहज जित दिलाए । उनले उत्तम शाहीको पासलाई पोस्टको दिशा दिए ।

बुधबार नै सम्पन्न खेलमा गोलबजार स्पोर्टस क्लब र रानीवन स्पोर्टस क्लब १-१ को बराबरीमा रोकियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।