पुस १२, २०८२ आइतबार | ००:५९:१५
हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल रग्बी संघको बजेट झन्डै डेढ करोड एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित
शनिबारको दिन ओलम्पिक

कस्तो थियो त्यो प्राचीन ओलम्पिक ?

काठमाडौं ।  मानव सभ्यता जति पुरानो छ, त्यत्तिकै पुरानो मानिन्छ खेलकुद इतिहास पनि । यो के अर्थमा भन्दा मानिसको विकाससँगै खेल कुनै न कुनै रूपमा जोडिएकै थिए ।

गुफामा पाइएका पुराना चित्रमा मानिसको सभ्यतासँग खेल जोडिएको प्रस्ट देख्न सकिन्छ । हिजो शुक्रबारदेखि पेरिसमा आधुनिक ओलम्पिकको नयाँ संस्करण सुरु भएको छ । यो भयो, आधुनिक ओलम्पिकको कथा । थाहा के पनि हुनुपर्छ भने प्राचीन समयमा पनि ओलम्पिक हुन्थ्यो । यो भयो, प्राचीन ओलम्पिकको कथा ।

सुषुप्त रूपमा सुरु भएको खेलले नै अन्ततः त्यही प्राचीन ओलम्पिकको जग बसेको मान्न सकिन्छ । एकपल्ट त्यसैतर्फ जाऔं न । प्राचीन ओलम्पिकको इतिहास आफैंमा असाध्यै पुरानो छ भन्दा केही फरक पर्दैन । पहिलो प्राचीन ओलम्पिक भएको थियो, ईसापूर्व ७७६ मा । यो त असाध्यै धेरै अगाडिको कुरा न भयो । प्राचीन ओलम्पिक खासमा ओलम्पियाका देवताका लागि समर्पित थियो । यो भयो केही नभए पनि २ हजार ८०० वर्षअगाडिको कुरा ।

सबै खेल प्राचीन ओलम्पिया नगरमा हुन्थ्यो । ग्रिसको यस प्राचीन सहर युनानी देवताका लागि प्रसिद्ध थियो । यस सहरमा एकसेएक सुन्दर मन्दिर हुन्थ्यो । यसैका लागि त्यो बेला यो सहरले ख्याति कमाएको थियो । त्यति बेला हुने खेलको महत्त्व स्थानीय जनतासामु अत्यधिक थियो । त्यतिबेला पनि यस्तो ओलम्पिक अधिकांश समय चार वर्षमा एकैपल्ट हुन्थ्यो । यी ओलम्पिकमा भाग लिन युनानीहरू चारै तर्फबाट आउँथे । सहभागिताकै लागि सबैले कडा मिहिनेत पनि गरेको हुन्थ्यो ।

सन् १८९६ बाट भने आधुनिक ओलम्पिक सुरु भएको थियो । त्यो पनि संयोगले ग्रिसबाटै । त्यही ग्रिक जहाँ प्राचीन ओलम्पिक हुने गर्थ्याे ।

यस्ता ओलम्पिकमा विजेतालाई जैतुनको माला पुरस्कारको रूपमा प्रदान गरिन्थ्यो । यो पुरस्कार विजेतालाई पछि सहरमा भव्य स्वागत गरिन्थ्यो । यो विजेताका लागि असाध्यै गर्वको उपलब्धि हुन्थ्यो । यसले खेलाडीको छुट्टै जोस देखिन्थ्यो । त्यो भन्दा ठूलो के थियो भने त्यही बेला पनि यस्ता ओलम्पिकमा सहभागिता नै उपलब्धि मानिन्थ्यो । त्यसपछि मात्र पदकको कुरा आउने गथ्र्यो । भनेपछि त्यही समयमा पनि खेल भावनाको विकास भइसकेको थियो ।

यो क्रम १२ औं शताब्दीसम्म चलिरह्यो । त्यतिबेला के कस्ता खेल हुने गर्थ्याे  त ? यसमा पनि कौतूहल हुनसक्छ । ईसापूर्व ६८४ सम्म यस्ता ओलम्पिक एकै दिनमा सकिन्थ्यो । रौनकता बढ्न थालेपछि यी ओलम्पिक तीन दिन पनि हुन थाल्यो । अनि यो पाँच दिनको भयो । यसले पनि देखाउँछ, आमजनताबीच यो ओलम्पिक कति धेरै लोकप्रिय थियो भनेर । त्यतिबेलाका दौड, लङजम्प, सटपुट, ज्याभलिन थ्रो, बक्सिङदेखि तरवारबाजीसम्म प्रमुख खेल हुन्थे ।

कुनै दिन त्यस्तो आयो, जतिबेला तत्कालीन राजा थियोडोसियसलाई के लाग्यो भने आमजनता ओलम्पिकमा मरिमेटेर लाग्ने भए । कुरा थियो, सन् ३९३ को । उनले ओलम्पिककै प्रतिबन्ध लगाउने निर्णय गरे । उनको आरोप थियो, आमजनताले विजेता खेलाडीलाई आफ्नो नायक मान्न थालेका थिए । यसले ग्रिकको धार्मिक भावनामा चोट लागेको थियो । यसरी एक राजाको सन्की विचारले प्राचीन ओलम्पिकमा पूर्णविराम लाग्यो ।

सन् १८९६ बाट भने आधुनिक ओलम्पिक सुरु भएको थियो । त्यो पनि संयोगले ग्रिसबाटै । त्यही ग्रिक जहाँ प्राचीन ओलम्पिक हुने गर्थ्याे ।