सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः न्यु सदाबाहारको पुनरागमन जित

लामोसाँघु । न्यु सदाबाहार युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी सुरुआत गरेको छ। लामोसाँघुस्थित वसन्तपुर खेलमा शुक्रबार भएको खेलमा सदाबाहारले सुनौलो बिहानी अभियानलाई २-१ गोल पराजित गर्यो ।

सदाबाहारलाई जित दिलाउन दुवै गोल सरोज पराजुलीले गरे।  सुनौलोका लागि ग्याल्बो लामा गोल गरे ।

खेलको २२औं मिनेटमा ग्याल्बोले गोल गर्दै सुनौलोलाई अग्रता दिलाए । ३४औं मिनेटमा सरोजले खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा सरोजले ब्यक्तिगत दोस्रो गोल गर्दै सदाबाहारलाई २-१ को अग्रता दिलाए । त्यसपछि थाप गोल निस्कन सकेन ।

जितसँगै समूह ‘डी’ मा  सदाबाहारले तीन अंक जोडेको छ।