सहिद स्मारक ‘सी’ डिभिजन लिग

अपराजित यात्रा कायम राख्ने लक्ष्यमा आरसी ३२

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार समाज कल्याण खेलकुद केन्द्रको सामना गर्दा आरसी ३२ फुटबल एकेडेमी आफ्नो अपराजित यात्रालाई कायमै राख्ने लक्ष्यमा हुनेछ ।

खेल दिउँसो ४ बजे सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुनेछ । आरसी ३२ ले यसअघिका चार खेलमा तीन जित र एक बराबरीको नतिजा निकालेको छ ।

नौ अंकका साथ शीर्ष स्थानमा रहेको आरसी ३२ आज जित निकाल्दै अंक दुरी बढाउन चाहन्छ । यता चार खेलमा एक जित दुई बराबरी र एक हारको नतिजा निकालेको समाज कल्याण पनि जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

हाल पाँच अंकका साथ सातौं स्थानमा रहेको समाज कल्याण आरसी ३२ लाई हराउन सके चौथो स्थानमा पुग्नेछ ।

यसैगरी दिउँसो १ बजे सुरु हुने खेलमा  स्वयम्भू क्लब र सामाजिक युथ क्लब भिड्नेछन् ।

दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । स्वयम्भू र सामाजिकले यसअघिका चार खेलमा सामान दुई बराबरी र हारको नतिजा निकालेका छन् ।