महिला लिग छनोट

कोशीको विजयी यात्रा जारी

तस्विरः एन्फा

काठमाडौं ।   एन्फा महिला लिग छनोटमा कोशी प्रदेशले लगातार चौथो जित दर्ता छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा शुक्रबार कोशीले लुम्बिनी प्रदेशलाई ३-० ले पराजित गर्यो ।

जितसँगै चार खेलमा १२ अंक जोडेको कोशी शीर्ष स्थानमा कायम छ । पराजित लुम्बिनी तीन खेलबाट पाँच अंकका साथ पाँचौं स्थानमा छ ।

कोशीलाई जित दिलाउन मनिता तुम्रोकले दुई र सञ्जुमाया तामाङले एक गोल गरे । खेलको २३औं मिनेटमा सञ्जुको गोलमार्फ कोशीले अग्रता लियो ।

तस्विरः एन्फा

३९औं मिनेटमा मनिताले टोलीको अग्रता दोब्बर बनाइन् । ५७औं मिनेटमा मनिताले ब्यक्तिगत दोस्रो गोल गर्दा कोशीले ३-० को सहज जित निकाल्यो ।

यसअघि कोशीले कर्णाली र गण्डकीलाई समान ३-० तथा सुदूरपश्चिम प्रदेशलाई २-१ ले पराजित गरेको थियो ।  यसअघि गण्डकीसँग ४-२ ले पराजित लुम्बिनीले बागमतीलाई  ३-१ ले हराएको थियो ।