माघ ७, २०८२ बुधबार | १२:४६:२६
भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित
शनिबारको दिन किताबका कुरा

सचिन तेन्दुलकरको आत्मकथा ‘प्लेइङ इट माइ वे’

काठमाडौं । विश्व क्रिकेटले देखेका सबैभन्दा महान खेलाडीमध्ये एक हुन्, सचिन तेन्दुलकर । सचिन को हुन्, के हुन् र कस्ता हुन्, यसबारे बुझ्न अनेक कथा छन् । त्यसलाई मिल्दो तथ्यांक पनि छ । संन्यास लिएको एक दशक बितिसक्दा अब त्यसबारे थप चर्चा गरिरहनुपर्दैन । बरू एउटा प्रश्न बन्छ, आफ्नो खेलजीवनबारे सचिन आफै के सोच्दा हुन् त ?

यसपल्टको किताबका कुरामा हामी तिनै सचिनले लेखेको आत्मकथाबारे जानकारी दिँदैछौं । किताबको नाम हो, ‘प्लेइङ इट माइ वे’ ।

सचिनबारे बुझ्न यो किताब पढ्न अत्यावश्यक छ । उनले दुई दशकभन्दा बढी समय अन्तर्राष्ट्रिय क्रिकेटमा बिताए । यसबीच उनले उत्तिकै उतारचढाव पनि ब्यहाेरे । अर्थात् सचिनले त्यस्ता केही घटना अगाडि ल्याउने प्रयास गरेका छन्, जुन विवादास्पद छ ।

सन् २००५ मा अस्ट्रेलियाका ग्रेग च्यापेलले प्रशिक्षकका रूपमा भारतीय क्रिकेटमा प्रवेश पाए । भनिन्छ, उनलाई प्रशिक्षक बनाउन जोडदार लबिङ गरेका थिए सौरभ गांगुलीले । गुरु ग्रेग, नयाँ शब्दकै रूपमै अगाडि आएको थियो । तर, ग्रेग र सौरभबीच चाँडो खटपट सुरु भयो ।

सचिनको आत्मकथालाई लिएर निराश हुनुपर्ने स्थिति उत्तिकै छ । जस्तो उनकै पालामा मच्चिएको थियो, खेलमिलेमतो प्रकरण । उनकै कप्तान मोहम्मद अजहरुद्दिनदेखि अजय जडेजासम्म यसमा फसेका थिए । 

गुरु ग्रेगसँगै भारतीय क्रिकेटमा विवाद, तनाव, मनमुटाव सुरु भएको थियो । सचिनको आत्मकथाको एउटा ठूलो अंश यसमै केन्द्रित छ । उनले ग्रेगलाई ‘रिङ मास्टर’ को संज्ञा दिएका छन् । ग्रेग त्यस्ता रिङ मास्टर थिए, जसले भारतीय क्रिकेट खेलाडीलाई सर्कसमा जसरी जनावर खेलाइन्छ, त्यसरी खेलाउन चाहे । उनको कामै हुन्थ्यो, खेलाडी खेलाडीमा फुट ल्याउने र त्यसको फाइदा उठाउने ।

सन् १९८९ को नोभेम्बरमा उनले भारतका लागि पाकिस्तानविरुद्धको टेस्टमा डेब्यू गरेका थिए । सन् २०१३ को नोभेम्बरमै वेस्ट इन्डिजविरुद्धको टेस्टमा अन्तिम पटक खेले । सचिनको आत्मकथा व्यग्र प्रतीक्षा गरिएको पुस्तक थियो । सचिनले पुस्तकमा अन्तर्राष्ट्रिय क्रिकेट लगातार खेलिरहनु सजिलो हुन्न भनेर दाबी गर्न खोजेका छन् ।

उनका अनुसार प्रत्येक खेलका लागि तयार हुन मानसिक र शारीरिक रूपमा सजिलो थिएन । अझ सचिन आफ्नो खेलजीवनको अन्त्यतिर प्रत्येकपल्ट खेल्दा कुनै न कुनै रूपमा घाइते हुन्थे । राम्रो खेल्न नसक्दा उनको आलोचना गर्नु समर्थकको सायद अधिकार हो । तर उच्च स्तरमा राम्रो प्रदर्शन गर्नु पनि चानचुने हुन्नथ्यो ।

उनलाई ‘गड’ सम्म भन्ने छन् । ‘ट्र्यु जेन्टलम्यान’ मान्ने त धेरै भए । पुस्तकमा पनि सचिनले सायद यही ‘जेन्टलम्यानहुड’ देखाउने प्रयास गरेका छन् । 

सचिनको आत्मकथालाई लिएर निराश हुनुपर्ने स्थिति उत्तिकै छ । जस्तो उनकै पालामा मच्चिएको थियो, खेलमिलेमतो प्रकरण । उनकै कप्तान मोहम्मद अजहरुद्दिनदेखि अजय जडेजासम्म यसमा फसेका थिए । त्यो बेला भारतीय क्रिकेटमा साँच्चै के भएको थियो, सचिनले त्यतिबेला पनि बोलनन्, अहिले पनि बोलेका छैनन् । सचिनको आत्मकथामा त्यसबारे केही उल्लेख छैन ।

आत्मकथामा विनोद काम्बलीबारे पनि केही उल्लेख छैन । सानोमा सचिनले विनोदसँग कीर्तिमानी साझेदारी गरेका थिए । खासमा सचिनले सकेसम्म विवादमा पर्न नरुचाएको देखिन्छ । आफ्नो खेलजीवनमा जति पनि विवाद भए, त्यसमध्ये खेल मिलेमतोलाई लिएर मात्र होइन, अस्ट्रेलियाली टिम र त्यसका प्रमुख खेलाडीबीचको विवादबारे पनि चुप लाग्नु नै ठीक मानेका छन् ।

उनलाई ‘गड’ सम्म भन्ने छन् । ‘ट्र्यु जेन्टलम्यान’ मान्ने त धेरै भए । पुस्तकमा पनि सचिनले सायद यही ‘जेन्टलम्यानहुड’ देखाउने प्रयास गरेका छन् । उनलाई यसमा सहयोग गरेका छन् भारतीय क्रिकेटका इतिहासकार बोरिया मजुमदारले । मजुमदार तिनै इतिहासकार हुन्, जसले भारतीय समाजमा क्रिकेटले पारेको प्रभावबारे विद्यावारिधि गरेका थिए ।

सचिनको प्रशंसक हो भने एकपल्ट यो पुस्तक पढ्न अनिवार्यजस्तै हुन्छ ।

प्लेइङ इट माइ वेविधा: आत्मकथालेखक:सचिन तेन्दुलकरप्रकाशक:होडर एन्ड स्टउघटन