कतार विश्वकप २०२२

स्पेनको गोल लय रोक्न जर्मनीका लागि कठिन

दोहा । जापानविरुद्धको हारले उपाधि दाबेदार मानिएको जर्मनीको कतार विश्वकप २०२२ को यात्रा सुखद हुन सकेन । 

जापनले समूह इ को पहिलो खेलमा पुनरागमन गर्दै जर्मनीलाई २-१ ले हराएको थियो । जसले जर्मनीको अघिल्लो चरणको यात्रा कठिन बनाइदिएको थियो ।

गर या मरको स्थितीमा रहेको जर्मनीले आज दोस्रो खेलमा स्पेनको सामना गर्दैछ ।  स्पेनले भने कोस्टारिकामाथि ७-० को जितसहित विश्वकपमा सुखद सुरुआत गरिसकेको छ ।

२०१४ को विश्व विजेता जर्मनी २०१८ को रुस विश्वकपको समूह चरणबाट बाहिरिएको थियो । जर्मनी २०२२ मा पनि सो खराब लय कायम नरहोस् भन्ने चाहन्छ ।

प्रतियोगितामा सानदार सुरुआत गरेको स्पेनको चुनौती पार गर्नु जर्मनीका लागि सहज भने हुनेछैन ।

स्पेनविरुद्धको खेलमा जर्मनीका लोरी सेन टोलीमा फर्कने सम्भावना रहेको छ । उनले घुँडाको चोटका कारण जापानविरुद्धको खेल गुमाएका थिए ।

कोस्टारिकामाथिको जित स्पेनले सन् २००६ को जर्मनी विश्वकपपछि समूहको पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पारेको पनि पहिलो खेल नै थियो । २००६ मा स्पेनले युक्रेनलाई ४-० ले हराएको थियो ।

स्पेनले पछिल्लो १२ खेलमा नौ खेल जितेको छ भने २२ गोल गरेको छ । त्यसैले स्पेनको गोलको लय रोक्नु जर्मनीका लागि अर्को चुनौती हो ।

स्पेन भने जित लय कायम राख्दै अीन्तम १६ को टिकट काट्ने लक्ष्यमा रहेको छ । स्पेन रुस विश्वकपको आयोजकसँग निराश हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो । 

समूह इ मा शीर्ष स्थानको स्पेन र दोस्रो स्थानको कोस्टारिकाको समान तीन अंक छ । जर्मनी र कोस्टारिकाले अंक खाता खोलेका छैनन ।