ट्वान्टी २० शृंखला

आरिफलाई समेट्दै नेपालको टोली घोषणा

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सस्यीय टोली घोषणा गरेको हो ।

एसिसी प्रिमियर कप खेलेको टोलीमा आरिफ शेख थपिएका छन् । युवा बलर आकाश चन्द पनि टोलीमा छन् । उनी प्रिमियर कपमा भने वैकल्पिक सूचीमा थिए ।

 नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको ट्वान्टी २० शृंखला वैशाख १५ गतेदेखि सुरु हुँदैछ । दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप जोरा,  कुशल मल्ल, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव, आकाश चन्द