माघ १५, २०८२ बिहीबार | १४:३३:३४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भुवनको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ को सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन समग्रमा ७-अन्डर १९७ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन्।

बिहीबार भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतीलाई पछि पारे।

दोस्रो दिनका संयुक्त लिडर दिनेशले आज १-ओभर ६९ मा खेल सकाए। उनी समग्रमा १-अन्डर २०३ सहित दोस्रो स्थानमा तल झरे। तोरण विक्रम शाही र निरज तामाङ समग्रमा इभन-पार २०७ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन्।

तोरणले दिनकै उत्कृष्ट ७-अन्डर ६१ को स्कोर दर्ज गरे। निरजले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए।

समग्रमा २-ओभर २०६ सहित धन बहादुर थापा र सञ्जय लामा संयुक्तरुपमा पाँचौ स्थानमा छन। धनले २-अन्डर ६६ र सञ्जयले इभन-पार ६८ मा खेल सकाए। यस्तै समग्रमा ३-ओभर २०७ सहित सुवास तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्तरुपमा सातौं स्थान बाँडे।सुवासले इभन-पार ६८, जयरामले १-ओभर ६९ र रविले ३-ओभर ७१ मा खेल सकाए।

एमेच्योरतर्फ सद्भाव आचार्य समग्रमा ६-ओभर २१० को स्कोरमा शीर्ष स्थानमा उक्लिए। आज उनले ३-ओभर ७१ खेल्दै टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे। टासीले आज ९-ओभर ७७ को प्रदर्शन गर्दा समग्रमा ११-ओभर २१५ सहित दोस्रो स्थानमा तल झरे। राहुल विश्वकर्मा समग्रमा २३-ओभर २२७ सहित तेस्रो स्थानमा  छन्। उनले आज ७-ओभर ७५ को स्कोर खडा गरे।

भुवनले उत्कृष्ट सुरुआत गरे। पहिलो, दोस्रो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ६-अन्डर २८ मा सकाए। तर ब्याक नाइन भने १-ओभर ३५ मा पुरा गर्न बाध्य भए। ११औं र १७औं होलमा बोगी प्रहार गरे भने ४-पारको १६औं होलमा डबल बोगीको सामना गरे। उनले १२औं, १४औं र १८औं होलमा एक/एक सट बचाए।

दिनेशले दोस्रो होलको बर्डीविरुद्ध पहिलो र पाँचौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। यसपछि १०औं, १३औं र १४औं होलमा एक/एक सट बचाए। तर ११औं होलमा ट्रिपल बोगीको सामना गर्दा ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे।

दिनको उत्कृष्ट स्कोर कार्ड बनाएका तोरणले बोगी रहित ६१ खेले। दोस्रो, चौथो, पाँचौ र आठौं होलमा चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० को उत्कृष्ट स्कोर गरे। यसपछि १०औं, ११औं र १७औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३१ मा सकाए।

निरजले पाँचौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि उनले ११औं, १३औं र १५औ होलमा बर्डी प्रहार गरे। तर १०औं, १२औं, १६औं र १८औं होलमा एक/एक सट खेर फाले। ब्याक नाइन १-ओभर ३५ मा सकाए।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।