चैत्र ९, २०८२ सोमबार | ०९:२२:१०
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

भुवनको अग्रता कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ को सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन समग्रमा ७-अन्डर १९७ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन्।

बिहीबार भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतीलाई पछि पारे।

दोस्रो दिनका संयुक्त लिडर दिनेशले आज १-ओभर ६९ मा खेल सकाए। उनी समग्रमा १-अन्डर २०३ सहित दोस्रो स्थानमा तल झरे। तोरण विक्रम शाही र निरज तामाङ समग्रमा इभन-पार २०७ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन्।

तोरणले दिनकै उत्कृष्ट ७-अन्डर ६१ को स्कोर दर्ज गरे। निरजले १-अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए।

समग्रमा २-ओभर २०६ सहित धन बहादुर थापा र सञ्जय लामा संयुक्तरुपमा पाँचौ स्थानमा छन। धनले २-अन्डर ६६ र सञ्जयले इभन-पार ६८ मा खेल सकाए। यस्तै समग्रमा ३-ओभर २०७ सहित सुवास तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्तरुपमा सातौं स्थान बाँडे।सुवासले इभन-पार ६८, जयरामले १-ओभर ६९ र रविले ३-ओभर ७१ मा खेल सकाए।

एमेच्योरतर्फ सद्भाव आचार्य समग्रमा ६-ओभर २१० को स्कोरमा शीर्ष स्थानमा उक्लिए। आज उनले ३-ओभर ७१ खेल्दै टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे। टासीले आज ९-ओभर ७७ को प्रदर्शन गर्दा समग्रमा ११-ओभर २१५ सहित दोस्रो स्थानमा तल झरे। राहुल विश्वकर्मा समग्रमा २३-ओभर २२७ सहित तेस्रो स्थानमा  छन्। उनले आज ७-ओभर ७५ को स्कोर खडा गरे।

भुवनले उत्कृष्ट सुरुआत गरे। पहिलो, दोस्रो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने ५-पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ६-अन्डर २८ मा सकाए। तर ब्याक नाइन भने १-ओभर ३५ मा पुरा गर्न बाध्य भए। ११औं र १७औं होलमा बोगी प्रहार गरे भने ४-पारको १६औं होलमा डबल बोगीको सामना गरे। उनले १२औं, १४औं र १८औं होलमा एक/एक सट बचाए।

दिनेशले दोस्रो होलको बर्डीविरुद्ध पहिलो र पाँचौं होलको बोगीले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। यसपछि १०औं, १३औं र १४औं होलमा एक/एक सट बचाए। तर ११औं होलमा ट्रिपल बोगीको सामना गर्दा ब्याक नाइन इभन-पार ३४ मा पुरा गरे।

दिनको उत्कृष्ट स्कोर कार्ड बनाएका तोरणले बोगी रहित ६१ खेले। दोस्रो, चौथो, पाँचौ र आठौं होलमा चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० को उत्कृष्ट स्कोर गरे। यसपछि १०औं, ११औं र १७औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३१ मा सकाए।

निरजले पाँचौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि उनले ११औं, १३औं र १५औ होलमा बर्डी प्रहार गरे। तर १०औं, १२औं, १६औं र १८औं होलमा एक/एक सट खेर फाले। ब्याक नाइन १-ओभर ३५ मा सकाए।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो