सिन्धुपाल्चोक जिल्ला लिगः प्याराडाइजको विजयी सुरुआत

लामोसाँघु । प्याराडाइज युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी सुरुआत गरेको छ। लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा बिहीबार भएको दोस्रो खेलमा प्याराडाइजले लामोसाँघु फुटबल क्लबमाथि ४-२ को पुनरागमन जित निकाल्यो । 

जितसँगै प्याराडाइजले समूह ‘सी’ मा तीन अंक जोडेको छ ।

प्याराडाइजलाई जित दिलाउन अजय तामाङ, मिलन श्रेष्ठ, रेजन श्रेष्ठ र रोहन तामाङले समान  गोल गरे। यता लामोसाँघुका लागि लाक्पा तामाङ र दिलीप तामाङले गोल गरे ।

खेलको १४औं मिनेटमा लक्पाको गोलमार्फत लामोसाँधुले अग्रता लियो । तर त्यो अग्रता लोमो समयसम्म टिक्न भने सकेन । एक मिनेटपछि नै अजयले प्याराडाइजलाई बराबरीमा ल्याए ।

मिलानले ६०औं मिनेटमा गोल गर्दै प्याराडाइजलाई २-१ को अग्रता दिलाए।  ७६औं मिनेटमा रेजनले गोल गरेपछि प्याराडाईजले ३-१ले अगाडि बढ्यो ।

रोहनले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै प्याराडाइजलाई ४-१ को अवस्थामा पुर्याए। दिलीपले ९०औं मिनेटमा पेनाल्टीमार्फत नै गोल गरेपछि खेल ४-२ को स्थितीमा सकियो ।

बिहीबार नै सम्पन्न खेलमा रमित तामाङको ह्याट्रिकप्रेरित बाह्रदेवी युवा क्लबले श्री राइजिङ युथ क्लबलाई ३-० ले पराजित गर्यो ।