अन्तरप्रदेश राष्ट्रिय खेलकुद

तेक्वान्दोको एकल पुम्सेमा निर्मल र सुशिलालाई स्वर्ण

सांकेतिक तस्विर

चितवन।  लुम्बिनी प्रदेशका निर्मल पुन मगर र कोशी प्रदेशकी सुशिला राईले प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा सोमबार स्वर्ण पदक जितेका छन् । एकल पुम्सेको पुरुषमा निर्मल र महिलामा सुशिलाले स्वर्ण पदक जिते ।

पुरुषमा गण्डकी प्रदेशका आयुश गुरुङले रजत तथा कोशीका विवेक राई र बागमती प्रदेशका यबन्दिन दाहालले कांस्य पदक जिते । महिलामा बागमतीकी कविना राईले रजत तथा लुम्बिनीकी सन्जना मगर र गण्डकीकी रितु बुढाथोकीले कांस्य पदक हात पारे ।  

महिला टिम पुम्सेमा कोशी पहिलो, गण्डकी दोश्रो तथा लुम्बिनी र बागमती तेश्रो भए । पुरुष टिम पुम्सेमा कोशीले स्वर्ण, बागमतीले रजत तथा लुम्बिनी र गण्डकीले कांस्य पदक जिते ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भइरहेको अन्तरप्रदेश खेलकुदको पेयर पुम्सेमा कोशीका विवेक राई र सुशिला राईले स्वर्ण जिते । गण्डकीका आयुश गुरुङ र रितु बुढाथोकीले रजत तथा लुम्बिनीका निर्मल पुन मगर र सन्जना मगर, बागमतीका अब्बास अन्सारी र सुनमैया खातुन कांस्य पदक प्राप्त गरे ।  

यसैगरी करातेको पुरुष एकल कातामा बागमतीका अमृत थोकरले स्वर्ण, कोशीका विवेक राईले रजत तथा सुदूरपश्चिम प्रदेशका धर्मेन्द्र रेग्मी र लुम्बिनीका आजाद सिंहले कांस्य पदक जिते ।

सो स्पर्धाको महिलामा सुदूरपश्चिमकी वर्षा साउद प्रथम, बागमतीकी एलिना थिङ द्वितीय तथा मधेश प्रदेशकी सुजाता परियार र कोशीकी रोस्मा राई तृतीय भए ।

टिम काताको पुरुष/महिला दुवैमा बागमती पहिलो र लुम्बिनी दोश्रो स्थानमा रहे । पुरुषमा गण्डकी र कोशी तेश्रो स्थानमा रहे । महिलामा गण्डकी र सुदूरपश्चिम तेश्रो भए ।

यस्तै भलिबलको पुरुषतर्फ सुदूरपश्चिम, गण्डकी लुम्बिी प्रदेशले जित निकालेका छन् ।

सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३-० को सेटमा हरायो। सुदूरपश्चिमले खेल २५-२१, २५-१८, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।

 दोस्रो खेलमा गण्डकी प्रदेशले मधेस प्रदेशलाई गण्डकी प्रदेशले ३-१ को सेटमा हरायो । गण्डकीले २०-२५, २५-११, २५–२१,२५-१८ को जित निकाल्यो ।

 अन्तिम खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि १६-२६,२५-१८,२५-१६, २५-२१ को जित निकाल्यो ।

महिलातर्फको पहिलो खेलमा लुम्बिनीले मधेशलाई लुम्बिनीले २५-१८, २५-२१, २५-७ ले हरायो ।

दोस्रो खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिममाथि २५-१४, २५-२२, २५-२२ को जित निकाल्यो । बागमतीले कोशी प्रदेशलाई २५-७, २५-१३ ,२५-१४ ले पराजित गर्यो । 

पौडीको नतिजा