ट्वान्टी-२० शृंखला

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग ट्वान्टी-२० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी ट्वान्टी-२० विश्वकपअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ सँग शृंखला खेल्ने भएको छ ।

एसिसी मेन्स प्रिमियर कपपछि त्रिवि क्रिकेट मैदनमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच अप्रिल २५ देखि मे ५ सम्म पाँच खेलको ट्वान्टी-२० शृंखला हुनेछ ।

प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म ओमानमा हुँदैछ । भारतको गुजरातमा आइबार सम्पन्न एसएमएस फ्रेन्डसिप कपको उपाधि जितेको नेपाल उतैबाट ओमन प्रस्थान गर्नेछ ।

विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले दोस्रो पटक ट्वान्टी -२० विश्वकप खेल्दैछ ।

२० राष्ट्र सम्मिलित विश्वकपको समूह ‘डी’ मा नेपाल,दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।