एसिसी प्रिमियर कप

एसिसी प्रिमियर कपः एक्स्कुल्सिभ राइट्स पार्ट्नरमा एडी रिलिज

काठमाडौं । एसिसी प्रिमियर कपको एक्स्कुल्सिभ राइट्स पार्ट्नरका रूपमा एडी रिलिज प्रालि जोडिएको छ । यससँगै नेपालमा प्रतियोगिताको प्रशारणसम्बन्धि समूर्ण अधिकार एडी रिलिजसँगै हुनेछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने एडी रिलिज जनाएको छ । एसिसी प्रिमियर कप चैत ३०बाट ओमानमा हुँदैछ ।

ट्वान्टी २० शैलीमा हुने प्रतियोगिताको समूह ‘ए’ मा साविक विजेता नेपाल मलेसिया, हङकङ, कतार र साउदी अरेबिया छन् । यसैगरी समूह ‘बी’ मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन् ।

नेपालले चैत ३० मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुनेछ ।

भारतको गुजरातमा आइबार सम्पन्न एसएमएस फ्रेन्डसिप कपको उपाधि जितेको नेपाल उतैबाट ओमन प्रस्थान गर्नेछ ।

नेपाल उपाधि  रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । नेपालले  घरेलु मैदामै युएईलाई हराउँदै गत संस्करणको उपाधि जितेको थियो ।

प्रत्यक्ष प्रशारणको टाइटल स्पोन्सरमा गोल्ड स्टार शुज छ । यसैगरी पन्चकन्या स्टिल, एनआइसी एसिया बैंक, माउन्टेन डिउ, स्काइवर्थ होम अपलायन्स, श्रीकेश हेयर ओयल वर्ल्डलिंक र गोर्खा इको प्यानलले पनि साथ दिएका छन् ।