एककेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो

एसकेबीसी तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं । एसकेबीसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) को संयुक्त आयोजनामा प्रथम एककेबीसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी ४० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख रन्जितबहादुर डगौराले जनाएका छन् । ५ सय खेलाडीको सहभागिता रहने छ ।

टिम च्याम्पियनले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट पुरुष/ महिला खेलाडीलाई पनि नगदबाट पुरस्कृत गरिने छन् । दुई दिने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा हुनेछ ।