प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपका लागि गण्डकीको टोली घोषणा

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी प्रादेशीक क्रिकेट संघले बिहीबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रधानमन्त्री कप पुस २८ देखि माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदान र भैरहवास्थित सिद्धार्थ रंगशालामा हुनेछन् ।

गण्डकीले पुस १८ मा लुम्बिनी प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । टोलीको प्रशिक्षकमा रिजन प्राजु, ब्यवस्थापकमा, ऋषिराम गौतम र प्रविधिक विश्लेषकमा दिवाकर थापा छन् ।

गण्डकीको टोली

बिपिन खत्री (कप्तान), ईश्वर क्षेत्री, मुस्कन थापा मगर, रोशन गौतम समीर कँडेल (उपकप्तान), कृष ऐर, अश्विनी रानामगर, कमल परियार, अमृत गुरुङ, कृष्ण पौडेल, करण पंगेनी, सन्दीप पराजुली, चन्द्रकान्त पौडेल, अंकित न्यौपाने

वैकल्पिक खेलाडी

अर्जुन रायमाझी, दिनेशबुद्ध मगर, गोविन्द बिक, तुलसीराम भण्डारी

यसैगरी मधेश प्रादेशीक क्रिकेट संघले पनि हरिशंकर शाहको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

मधेशको टोली
हरिशंकर शाह( कप्तान), अनिलकुमार शाह, पवन सराफ, विशाल पटेल, निरज यादव, मयान यादव, अविशेक तिवारी, अरनिको यादव, राहुल मण्डल, रन्जित कुमार, रुपेश सिंह, समसद अन्सारी, प्रदिप पासवान, राजेश यादव

वैकल्पिक खेलाडी

डब्लु मलिक, बलवान शहानी,पर्थिव यादव, साहिल पटेल