ब्राजिलियन फुटबल

ब्राजिलको मुख्य प्रशिक्षकमा डोरिभल जुनियर नियुक्त

काठमाडौं । डोरिभल जुनियर ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । डोरिभल यसअघि ब्राजिलको घरेलु टोली साओ पाउलोको जिम्मेवारीमा थिए ।

ब्राजिल फुटबल संघले बुधबार आधिकारिक रूपमा जुनियरलाई मुख्य प्रशिक्षमा नियुक्त गरिएको जानकारी दिएको हो । ब्राजिलले शुक्रबार अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजलाई बर्खास्त गरेको थियो । 

ब्राजिलले मुख्य प्रशिक्षकमा इटालीका कार्लो एन्सेलोट्टीलाई ल्याउने प्रयास गरे पनि उनले स्पेनिस क्लब   रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका थिए ।

६१ वर्षीय डोरिभलको प्रशिक्षणमा ब्राजिलले पहिलो प्रतिस्पर्धा युरोपियन राष्ट्र इङ्ल्यान्ड वा स्पेनसँग मैत्रीपूर्ण खेलमार्फत गर्नेछ । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा ब्राजिल हाल छैटौं स्थानमा छन् ।